IME Life New

नेपाली व्यवसायीलाई अब भारतबाट भुक्तानी स्वीकार्न सहज, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्रीबापतको भुक्तानी भारतबाट ल्याउन सहज हुने भएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने निकायहरुका लागि जारी एकीकृत परिपत्र–२०८० मा संशोधन गर्दै सहज व्यवस्था ल्याएको हो। अब नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेबापतको रकम (मर्चेन्ट पेमेन्ट) नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी भारतीय रुपैयाँमा जारी भएको भुक्तानीका उपकरणबाट क्विक रेस्पोन्स कोडलगायतका विद्युतीय माध्यम (कार्डबाहेक)मार्फत समेत स्वीकार गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

Esewa
Crest

त्यस्तो कारोबार गर्दा राष्ट्रिय भुक्तानी स्विच (एनपीएस) पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सोअन्तर्गतको रिटेल पमेन्ट स्विच (आरपीएस)का माध्यमबाट भुक्तानी स्वीकार गर्नुपर्ने परिपत्रमा उल्लेख छ। यस्तो कारोबारको भुक्तानी विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र नलिएका प्रचलित कानुनबमोजिम राष्ट्र बैंकमा बैंकिङ कारोबार गर्न इजाजतपत्र प्राप्त वित्तीय संस्था र राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकको खाता वा वालेटमा समेत प्राप्त गर्न सक्ने सुविधा राष्ट्र बैंकले उपलब्ध गराएको छ।

यस्तो कारोबार वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकबाट भारतीय रुपैयाँ प्राप्त नगरी नेपाली रुपैयाँमात्र प्राप्त गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस्तो कारोबारमा निहीत रहने सम्पूर्ण जोखिम र सोका निराकरण तथा न्यूनीकरणका उपाय सम्बन्धित बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्था आफैँले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS