IME Life New

नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँछन् कि पाउँदैन ? के छ व्यवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाउने व्यवस्था रहेको छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्थाबमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ।

Esewa
Crest

नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म भने त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था छ। यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्छ।

नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने व्यवस्था रहेको छ।

केन्द्रीय बैंकले जनचेतनाका लागि आज एक सूचना प्रकाशित गरी नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा भएको व्यवस्थाबारे जानकारी गराएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS