IME Life New

नेपालमा सबैभन्दा बढी वैदेशिक लगानी भारतबाट, औद्योगिक क्षेत्रमा करिब ६०%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भारतबाट प्राप्त भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९।८० को सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार समीक्षा वर्षमा भारतको १ खर्ब ३ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक लगानी रहेको छ। यो कुल वैदेशिक लगानीको ३५ प्रतिशत हिस्सा हो। समीक्षा वर्षमा नेपालमा कुल २ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ वैदेशिक लगानी आएको छ।

Esewa
Crest

दोस्रोमा चीन रहेको छ। चीनले नेपालमा ३५ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ। चीनको हिस्सा १२ प्रतिशत रहेको छ।

यसैगरी समीक्षा वर्षमा आयरल्यान्डबाट २२ अर्ब ६२ करोड रुपैयाँ, अस्ट्रेलियाबाट १९ अर्ब ६ करोड रुपैयाँ र सिंगापुरबाट १८ अर्ब ८१ करोड रुपैयाँ नेपालमा वैदेशिक लगानी रहेको देखिन्छ।

वैदेशिक लगानीको ठूलो हिस्सा औद्योगिक क्षेत्रमा गएको देखिन्छ। यो क्षेत्रमा ५९.७ प्रतिशत लगानी भएको छ।

औद्योगिक क्षेत्रमा पनि जलविद्युतमा ३० प्रतिशत र उत्पादनमा २९.४ प्रतिशत वैदेशिक लगानी गएको प्रतिवेदनमा उल्लेख छ।

Survey-Report-on-Foreign-Direct-Investment-2022-23

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS