IME Life New

नेपालमा लगानी विस्तारकालागि अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुसंग अर्थमन्त्रीको छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसंग स्विस राजदुत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई) का प्रतिनिधिहरुबीच नेपालमा नीजि लगानी विस्तार गर्ने सम्बन्धमा छलफल भयो ।

नेपालको विकासमा आवश्यक नीजि पूंजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रृयागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा  डिएफआईका प्रतिनिधिहरुले सुझाव प्रस्तुत गरेका थिए । सो क्रममा मन्त्री डा. महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नीयमन संयन्त्रकोबारेमा चर्चा गर्दै मन्त्री महतले भने ‘लगानी आकर्षण गर्न नयाँढंगले वर्तमान सरकार लागिरहेको छ र यो क्षेत्रमा धेरै प्रगती पनि हासिल भएको छ, तपाईहरुले दिनुभएका महत्वपूर्ण सुझावका लागि धन्यवाद दिन्छु। ’

Esewa
Crest

सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासकालागि नयाँ औजारहरु लिएर अगाडी बढ्न आजको छलफल सान्दर्भिक रहेको डा. महतले बताए ।

छलफलमा डिएफआइका तर्फबाट एडिबी, ब्रिटिसको बिआईआई, अमेरिकाको डिएफसी, नेदरल्याडको एफएमओ, फ्रान्सको प्रोपार्को र स्विसको एसआइएफइएमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS