IME Life New

नेपालमा पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो भिसा वेयरेबल स्टिकर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमा पहिलो पटक भिसा वेयरेबल स्टिकर भित्र्याएको छ । बैंकका ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरण ट्याप गरी छिटो र सुरक्षित तरिकाले सेवा पाउनेछन् ।

एनआईएमबि पेवियरले कारोबारलाई छिटो, सुविधाजनक र सुरक्षित बनाउने उद्देश्यले डिजाइन गरिएको बैंकले जनाएको छ । यसको प्रयोग गर्ने ग्राहकले भौतिक कार्डहरू वा मोबाइल वालेट बोक्न नपर्ने बैंकको दाबी छ ।

Esewa
Crest

‘एनआईएमबि पेवियर नेपालका लागि गेम चेन्जर हो’, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका वरिष्ठ डेपुटी सीईओ महेश शर्मा ढकालले भने, ‘यो उत्पादनले हाम्रा ग्राहकहरूको भुक्तानी गर्ने तरिकालाई पूर्ण रूपले परिवर्तन गर्नेछ ।’ नेपालमा पहिलो पटक यो प्रविधि भित्र्याउन पाउँदा बैंक उत्साहित भएको उनको भनाइ छ । यसले बैंकलाई डिजिटल नवप्रवर्तनमा अग्रणीको रूपमा स्थापित गर्ने उनको दाबी छ ।

ग्राहकहरूलाई आफ्नो घडी, की–चेन, फोन केसजस्ता कुनै पनि व्यक्तिगत वस्तुमा वेयरेबल स्टिकर टाँस्न सक्नेछन् । जसले यसलाई धेरै बहुउपयोगी र सुविधाजनक बनाउँछ । ग्राहकहरूले कुनै पनि पीओएस टर्मिनलमा उपकरण ट्याप गरेर छिटो र सुरक्षित कारोबार गर्न सक्नेछन् ।

तीन महिनाभित्र यसको स्टिकरको लागि आवेदन दिने र यसलाई सक्रिय गर्ने ग्राहकहरूले सो अवधिमा १२ वटा पीओएस कारोबार पूरा गरेपछि आफ्नो वेयरेबल शुल्क ९एनपीआर १ हजार० फिर्ता पाउनेछन् ।

हाल, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालभर ९ वटा भिसा एसोसिएट सदस्यहरू, १६ लाख कार्डहरू ९जसमध्ये ६।५ लाख नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका विशेष कार्डहरू हुन्० सहितको विस्तृत नेटवर्क सञ्चालन गर्दै आएको छ । बैंकले २७५ शाखा, २६५ एटीएम, र ४ हजार भन्दा बढी पीओएस टर्मिनलहरू सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS