IME Life New

नेपालमा दूरसंचार पूर्वाधार निर्माण गरिरहेकाे चिनियाँ कम्पनीकाे नाफा रू.२५ कराेड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपालमा दूरस‌ंचार पूर्वाधार निर्माणकाे काम गरिरहेकाे चिनियाँ लगानीकाे कम्पनी सिसिएस नेपालकाे कुल नाफा वृद्धि भएकाे छ। अघिल्लाे आर्थिक वर्षमा १८ कराेड ८० लाख रुपैयाँ नाफा कमाएकाेमा गत आर्थिक वर्ष २०७८।७९ मा बढाएर २४ कराेड ९० लाख रुपैयाँ पुर्याउन सफल भएकाे छ।

कम्पनीकाे कुल नाफामा वृद्धि भएपनि कूल काराेबार रकममा भने अघिल्लाे आवकाे तुलनामा १९.७६ प्रतिशतले गिरावट आएकाे छ। याे कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ९ कराेड ६० लाख रुपैयाँकाे काराेबार गरेकाे छ।  अघिल्लाे आवमा १ अर्ब ३६ कराेड ६० लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाे थियाे । सरकारकाे पूँजीगत खर्च स‌ंकुचित भएसँगै सिसिएस नेपालकाे पनि काराेबार खुम्चिएकाे केयररेटिङ नेपालले प्रेस विज्ञप्तीमा उल्लेख गरेकाे छ।

Esewa
Crest

१ अर्ब २७ कराेड रुपैयाँ अल्पकालीन कर्जाका लागी रेटिङ गराएकाे याे कम्पनीले गत आव बै‌ंक तथा वित्तीय संस्थालाई ब्याजवापत मात्र ११ कराेड १० लाख रुपैयाँ भुक्तानी गर्नु परेकाे छ। अघिल्लाे आवमा १० कराेड ८० लाख रुपैयाँ ब्याज खर्च भएकाे थियाे । अल्पकालीन कर्जाका लागी केयर एनपि एफाे रेटि‌ङ पाएकाे छ। याे रेटिङले वित्तीय दायीत्व समयमै पुरा गर्ने सवालमा उच्च जाेखिम रहेकाे र डुब्न सक्ने स‌ंभावना रहेकाे अवस्थालाई जनाउँछ ।

सिसिएस नेपालले हाल नेपाल टेलिकमकाे दूरसंचार पूर्वाधार निर्माणकाे काम गरिरहेकाे छ । नेपालकाे कूल व्यापारकाे ६६ प्रतिशत हिस्सा नेपाल टेलिकमबाट प्राप्त व्यापारले ओगटेकाे छ। दूर स‌ंचार पूर्वाधार निर्माण गर्ने चिनियाँ कम्पनी चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलकाे पूर्ण लगानीमा आर्थिक वर्ष २०७७।७८मा सिसिएस नेपालकाे स्थापना भएकाे हाे ।यसअघि याे कम्पनीले चिनियाँ कम्पनीकै हैसियतमा नेपालमा दूरस‌ंचार पूर्वाधार निर्माणकाे काम गर्दै आएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS