IME Life New

नेपालमा टेलिकम लाइसेन्स गुमाएको सिजीले युरोपमा पायो मोबाइल फ्रिक्वेन्सी प्रयोगको इजाजत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा ग्रामीण दूर स‌ंचार सेवाको इजाजत पत्र नविकरण गर्न चुकेको चौधरी समूहले युरोपेली मुलुक मल्दोभामा मोबाइल सेवाका लागि २१०० मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गर्ने इजाजत पाएको छ।

नेशनल एजेन्सी फर रेगुलेसन इन इलेक्ट्रोनिक कम्युनिकेसन्स एन्ड इन्फर्मेशन टेक्नोलोजी (एनसर्टी) ले मोल्दोभाका मोबाइल सेवा प्रदायक ओरेन्ज मोल्डोभा, मोल्डटेलकम र मोल्डसेललाई २१०० मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डको प्रयोगको लागि इजाजतपत्र प्रदान गर्ने निर्णय गत साता गरेको हो। यी तीन कम्पनी मध्ये मोल्डसेल चौधरी समूह अन्तर्गत सिजी टेलिकमभित्रको दूरस‌ंचार कम्पनी हो ।

Esewa
Crest

आधिकारिक विज्ञप्ति अनुसार, ९ डिसेम्बर २०२३ देखि लागू हुने गरी जारी गरिएको इजाजत पत्रले दूर सञ्चार सेवा प्रदायकलाई मोबाइल र स्थिर सेलुलर सेवाका लागि सार्वजनिक नेटवर्क र सेवाहरू प्रदान गर्न फ्रिक्वेन्सी वितरण गरिएको छ।

रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रम व्यवस्थापन कार्यक्रम (२०२१-२०२५) अनुसार जारी गरिएका सेवा प्रदायकले सरकारी निर्णयद्वारा अनुमोदित न्यूनतम एक्सपोजर मानहरूको पालना गर्नुपर्छ। छ वर्षको लागि मान्य यसको इजाजत बहाल अवधि ६ नोभेम्बर २०२९ सम्म रहनेछ। सेवा प्रदायकले २१०० मेगाहर्ट्ज फ्रिक्वेन्सी ब्यान्डमा स्पेक्ट्रमको प्रयोगको लागि इजाजतपत्र शुल्कहरू दुई किस्तामा भुक्तानी गर्नुपर्नेछ। पहिलो किस्ता ३१ मार्चमा र दोश्रो किस्ता ३१ मे महिना २०२४ मा सरकारी कोषमा जम्मा गरिसक्नुपर्नेछ। आधिकारिक विज्ञप्ति अनुसार सरकारले २५ वर्षको अवधिका लागि लाइसेन्स शुल्क ६.२ मिलियन युरो तोकेको छ ।

रोमानिया र युक्रेनको मध्यमा अवस्थित मल्डोभा सन् १९९१ मा सोभियत रुस विभाजन पछि अस्तिस्तवमा आएको स्वतन्त्र राष्ट्र हो । यसको अर्थतन्त्र कृषीमा निर्भर छ। प्रति व्यक्ति आम्दानीका हिसाबले यो यूरोपको सबैभन्दा गरिब मुलुक हो । विश्व बैंकले सार्वजनिक गरेको तथ्या‌ंक अनुसार सन् २०२१ मा मल्डोभाको जनस‌ंख्या जम्मा २६ लाख १५ हजार थियो । विश्व बै‌ंकका अनुसार पूर्वी यूरोपमा अवस्थित भूपरिवेष्ठित देशको कुल गार्हस्थ उत्पादन सन् २०२१ मा १३ अर्ब ६८ करोड अमेरिकी डलर बराबर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

12%
sad

दु :खी

0%
amazed

अचम्मित

6%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS