IME Life New

नेपालगंज उपमहानगरले जारी गर्यो विपद जोखिम बीमा सम्बन्धी कार्यविधि, १५ लाखसम्मको बीमा गरिदिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालगंज उप-महानगर पालिकाले विपद जोखम बीमा सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । उप-महानगरले नगरपालिका भित्रका घरहरुको १५ लाख रुपैयाँसम्मको बीमा आफैले गरिदिने भएको छ । यस वर्ष वडा नम्बर ३ र ४ का घरहरुको बीमा गरिदिने र आगामी दिनमा क्रमश अन्य वडाका घरहरुको पनि बीमा गर्दै जाने कार्यविधिमा उल्लेख छ ।

नगरपालिकाले १५ लाख रुपैयाँ बीमाङ्क बराबर ५८४ रुपैयाँ बीमा शुल्क भुक्तानी गरिदिनेछ भने १५ लाख भन्दा माथिको बीमाङ्क भएमा घरधनी स्वयंले भुक्तानी गर्नु पर्ने व्यवस्था गरिदिएको छ । व्यवसायिक भवनको हकमा भने बीमित आफैले बीमा शुल्क भुक्तानी गर्नु पर्ने व्यवस्था कार्यविधिमा छ ।

Esewa
Crest

संकलन भएको बीमाशुल्क सबै कम्पनीलाई वितरण गर्ने नगरपालिकाले जनाएको छ । बीमा दाबी भुक्तानी गर्दा पनि बीमाका प्रचलित कानुनी व्यवस्थाका साथै कार्यविधि अनुसार हुनेछ ।

उपमहानगरले उप प्रमुख कमरुद्दीन राईको संयोकत्वमा विपद जोखिम बीमा सम्बन्धी कार्यविधि २०८० निर्माण गरेको हो । कार्यविधिको अनुगमन समितिको संयोजकमा पनि नगर उपप्रमुख नै रहने व्यवस्था गरिएको छ । त्यस्तै सदश्यहरुमा प्रमुख प्रशासकिय अधिकृत, उप महानगरपालिकाका पुर्वाधार विकास समितिका संयोजक, वातावरण तथा विपद समितिका संयोजक, नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी बाँके शाखाका अध्यक्ष, प्राविधिक शाखाका प्रमुख सदश्य रहनेछन् भने वातावरण तथा विपद व्यवस्थापन शाखाका प्रमुख सदश्य सचिव रहनेछन् ।

शनिवार एक विशेष कार्यक्रम आयोजना गरेर उप-महानगरले कार्यविधि सार्वजनिक गरेको हो । कार्यविधि सार्वजनिक कार्यक्रममा मेयर प्रशान्त विष्ट, नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पुर्ण बहादुर थापा, प्राधिकरणका कर्मचारीहरु कमला घर्ती, धनिन्द्रराज न्यौपाने, महमद विल्दार अन्सारीको उपस्थिति थियो । त्यस्तै नगर उपप्रमुख तथा नगरपालिकाका कर्मचारीहरुको समेत सहभागिता थियो । ‍

कार्यक्रमलाई संबोधन गर्दै विष्टले सवारी साधन तथा स्वास्थ्य बीमा उपचार खर्च बढी हुने तर दाबी भुक्तानी कम आउने भएकाले मोटर बीमा निर्देशिका परिमार्जन गर्न आग्रह गरेका छन् । कार्यक्रममा सहभागीहरुले बीमा अभिकर्ताले जीवन बीमा गराउँदा बीमितको आम्दानीको श्रोतलाई पनि ध्यान दिनुपर्ने र सहि जानकारी दिएर मात्रै बीमा गराउनु पर्नेमा जोड दिएका थिए ।

कार्यविधि अनुसार बीमितले निम्न अवस्थामा दाबी भुक्तानी पाउने छैनन्

  • गैरकानी तरिकाले उडेका उडानबाट
  • खतरनाक खेलहरु जस्तै घोडादौड, बन्जी जम्पिङ्ग, प्याराग्लाईडिङ, मोटरसाइकल रेस
  • बीमितले कुनै प्रचलित कानुन उल्लङ्घन गरेको कारणबाट
  • पुर्व निर्धारित यद्ध, हुदंगा अतिक्रमण, क्रान्तिबाट भएको कारणबाट भएको क्षति
  • अन्य नियमहरु प्रचलित बीमा ऐन अनुसार रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS