IME Life New

नेपालको बैंकिङ क्षेत्र धेरै पारदर्शीः गभर्नर अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंकिङ क्षेत्र अन्य क्षेत्रभन्दा धेरै नै पारदर्शी रहेको बताएका छन्।

नेपाल बैंकर्स संघको आज आयोजित ३८ औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। उनले राष्ट्र बैंकले ल्याउने कुनै पनि सुधारका नीतिहरु नेपालको बैंकिङ क्षेत्रलाई अप्ठ्यारो बनाउन नभई यो क्षेत्रलाई कसरी सबल बनाउन सकिन्छ भन्ने दिशामानै केन्द्रित हुने बताए।

Esewa
Crest

गभर्नर अधिकारीले नेपालको बैंकिङ क्षेत्रमा प्रशस्त चुनौती भए पनि ती चुनौतीहरुलाई सामना गर्न नेपालको बैंकिङ क्षेत्र सक्षम रहेको बताए। ‘वर्तमान अवस्थामा नेपालको बैंकिङ क्षेत्रमा केही असहज अवस्था भए पनि आउँदो दिनहरु राम्रो हुनेछ’, उनले भने, ‘सबै बैंकरहरुलाई निराश नभईकन सकारात्मक सोचका साथ अगाडि बढ्न सबैलाई आग्रह गर्दछु।’

यसका साथै नेपाल बैंकर्स संघले गरेको कामहरु प्रशंसा गर्दै गभर्नर अधिकारीले आउदो दिनहरुको प्रगतिका लागि शुभकामाना व्यक्त गरे।

त्यसअघि कार्यक्रममा स्वागत मन्तप्य राख्दै संघका निवर्तमान अध्यक्ष सुनिल केसीले आफ्नो कार्यकालमा भएका मुख्य गतिविधिको जानकारी दिँदै सबैको सहयोग एवं सद्भावको लागि धन्यवाद प्रकट गरेका थिए। नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्र बैंकले पुर्याएको महत्वपूर्ण भूमिका र अभिभावकत्वको भूमिकाका लागि धन्यवाद व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा संघका नवनिर्वाचित अध्यक्ष सन्तोष कोइरालाले उपस्थित सम्पूर्ण व्यक्तित्वलाई उपस्थितिका लागि हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरे। उनले संघ सबैको साथ र सहयोगका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बैंकिङ क्षेत्रबाट बिदा भएका रत्नराज बज्राचार्य र किरणकुमार श्रेष्ठलाई उनीहरुको योगदानको कदर गर्दे सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS