IME Life New

नेपालको आर्थिक वृद्धिदर ३.६% मात्र रहने एडीबी प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्ष २०८०।८१ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमात्र रहने प्रक्षेपण गरेको छ।

एडीबीले आज सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’मा नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको हो। सरकारले भने चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर अनुमान गरेको छ। विश्व बैंकको प्रक्षेपण भने ३.३ प्रतिशतमात्रै छ।

Esewa
Crest

विश्व बैंकको प्रक्षेपणभन्दा एडीबीको अनुमान थोरै बढी हो। अघिल्लो वर्ष २०७९।८० नेपालले १.९ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने एडीबीले प्रक्षेपण थियो।

निर्माण र व्यापार केही सुस्ताए पनि चालु आर्थिक वर्षमा धान र ऊर्जा उत्पादन बढ्नुलाई सकारात्मक रुपमा लिनुपर्ने एडीबीको प्रतिवेदनमा उल्लेख छ। निर्माण र व्यापार क्षेत्रमा सुधार भएमा नेपालको अर्थतन्त्र अझ धेरै विस्तार हुन सक्ने एडीबीको अनुमान छ।

पर्यटक आगमन पनि बढ्नुले नेपालको रोजगारीमा समेत ठूलो योगदान पुगेको एडीबीको ठहर छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS