IME Life New

नेपालको अर्थतन्त्र मन्दीको अवस्थामाः विष्णु पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले नेपालको अर्थतन्त्र मन्दीको अवस्थामा रहेको बताएका छन्।

प्रतिनिधिसभामा बिहीबार पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले यस्तो जिकिर गरेका हुन्। ‘अर्थतन्त्रका कुनै पनि सूचक सकारात्मक छैनन्’, उनले भने, ‘अर्थतन्त्रमा समस्या छन्।’

Esewa
Crest

अर्थतन्त्र सूचकहरु नकारात्मक रहेको अवस्थमा निवर्तमान अर्थमन्त्री आँकडामात्र सच्याउन हिँडेको पनि पौडेलले बताए। ‘आँकडा सच्याएर हुँदैन, अवस्था नै सच्याउनुपर्छ’, उनले भने।

सांसद पौडेलले गलत सूचना सम्प्रेषण गरेर अर्थतन्त्र दुरुस्त छ भनेर दाबी गर्नु आपत्तिजनक रहेको बताए। ‘राजस्वको लक्ष्य पूरा हुन सक्दैन, स्वयं निवर्तमान अर्थमन्त्रीले गरेको संशोधिन अनुमानमा पुग्न पनि गाह्रो छ’, उनले भने।

निर्माण व्यवसायी भुक्तानी मागिरहे पनि सरकारले खर्च गर्न नसकिरहेको पौडेलको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

29%
sad

दु :खी

14%
amazed

अचम्मित

14%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS