IME Life New

नेको इन्स्योरेन्सले ल्यायो इन्स्योरेन्स सल्युशन एप्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक नेको इन्स्योरेन्सले बीमितको सुविधाका लागि इन्स्योरेन्स सल्युशन नामक मोबाइल एप्स सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले शुक्रबार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट एप्स सार्वजनिक गरेका हुन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काका अनुसार बीमा चाहने व्यक्तिले जुनसुकै ठाउँबाट पनि मोबाइल एप्समार्फत्  घर सवारी साधन र यात्रा स्वास्थ्य बीमाको लागि आवेदन दिन सक्ने सुविधा एप्समा समावेश गरिएको छ। यसैगरी बीमा दाबीका लागि पनि बीमितले मोबाइल एप्सको प्रयोग गर्न सक्ने सुविधा समेत उपलब्ध छ।

Esewa
Crest

कार्यक्रममा इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष प्रताप सुवेदी, प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, बीमक संघ नेपालका अध्यक्ष चंकी क्षेत्री, जीवन बीमक संघका उपाध्यक्ष प्रविण रमण पराजुली, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS