IME Life New

नेको इन्स्योरेन्सको भवन उद्घाटन, महतो समुहको लगानीपछि कम्पनीले पायो पुनर्जीवन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आफ्नै ‘बीमा भवन’को उद्घाटन गरेको छ । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले भवनको उद्घाटन गरेका हुन् ।  उद्घाटनका क्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरुलाई समयमा दाबी भुक्तानी गरेर बीमितको विश्वास जित्न अनुरोध गरेका छन् ।

Esewa
Crest

समयमा बीमाको दाबी भुक्तानी गरियो भने बीमितको विश्वास जित्न सक्नुका साथै बीमाको बजार बढाउन पनि मद्दत पुग्ने उनको तर्क थियो । उनले भने ‘थोरैको बीमा गरेर त्यसैमा रमाउछौ । त्यसो होइन हामीले सबैको बीमा गर्नुपर्छ ।’

बीमा समितिले देशव्यापी रुपमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिरहेको भन्दै अध्यक्ष सिलवालले हरेक कार्यक्रममा बीमा कम्पनीहरुले दाबी भुक्तानी नगरेको विषय व्यापक रुपमा उठिरहेको बताए । कम्पनीहरुले दाबी भुक्तानीमा ढिला गरे सँगै समितिले बोलाएरै स्पष्टीकरण सोधिरहेको उनले जानकारी दिए ।

सरकारले घटना घटेपछि करोडौ रुपैयाँ राहात प्रदान गर्नुको सट्टा बीमा गरिदिने हो भने त्यस्तो दायित्वबाट मुक्ति पाउने अध्यक्ष सिलावलको तर्क थियो । यसैका लागि समितिले सम्पुर्ण प्रदेश सरकार तथा स्थानीय सरकार सँग बीमालाई अनिवार्य गरिदिन अनुरोध गर्दै आइरहेको उनले जानकारी दिए ।

भवन उद्घाटन कार्यक्रममा नेकोका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले विगत ६/७ वर्षको अवधिमा कम्पनीले राम्रो उपलब्धी हासिल गरेको जानकारी दिए । २०७०/७१ मा मर्जरमा जाने तयारी गरेको नेककोलाई महतो समुहले स्वामित्व लिएर अहिलेको अवस्थामा ल्याइपुर्याएको हो । तत्कालिन समयमा नेकोले न्युनतम चुक्ता पूँजी समेत पुर्याउन नसकेर समस्यामा गुज्रिएको थियो । तत्कालिन समयमा ९० जना कर्मचारी र १३ वटा उपशाखा थियो ।

सबैजना अन्योलको अवस्थामा रहदै गर्दा महतो समुहले ह्याडओभर गरेर कम्पनीमा क्यापिटल इन्जेक्ट गर्दै कम्पनीलाई पुनर्जीवन नै प्रदान गरेको थियो । अहिलेको अवस्थामा नेको इन्स्योरेन्स कम्पनी हरेक सूचकमा अब्वल रहदै आएको छ ।

कम्पनीका पहिलो प्रमुख कार्यकारी अधिकृत बीमा विज्ञ भोजराज शर्माले कुनै समयमा नेको इन्स्योरेन्स कम्पनी हवाइ बीमामा पहिलो नम्बरमा रहेको स्मरण गर्दै कम्पनीले २५ औ वर्षको अवधिमा धेरै आरोह अवरोध पार गर्दै अहिलेको अवस्थामा आइपुगेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS