IME Life New

नेकाे र सगरमाथा इन्स्याेरेन्सकाे बीमाशुल्क आम्दानी खस्किंदा राष्ट्रिय बीमा कम्पनीकाे व्यापार चम्कियाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । अर्थतन्त्रमा देखा परेकाे स‌ंकुचनकाे असरका कारण जीवन बीमा व्यवसायकाे वृद्धिदर नकारात्मक हुन थालेपनि निर्जीवन बीमा व्यवसायकाे वृद्धिदर सकारात्मक नै देखिएकाे छ। निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष २०७९।८० काे पहिलाे सात महिना माघ मसान्तसम्म आर्जन गरेकाे बीमाशुल्क गत आर्थिक वर्षकाे तुलनामा जम्मा ५.७४ प्रतिशतले वृद्धि भएकाे छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार चालू आव २०७९।८० काे माघ मसान्तसम्ममा २३ अर्ब ६ कराेड रुपैयाँ स‌ंकलन गरेका छन् । गत आवकाे माघ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले २१ अर्ब ८१ कराेड रुपैयाँ कूल बीमा शुल्क स‌ंकलन गरेका थिए ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्या‌ंक अनुसार निर्जीवन कम्पनीहरुकाे वृद्धिदर पुस मसान्तसम्ममा ५‍.१५ प्रतिशत रहेकाे थियाे । गत आवकाे पुस मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कूल  १९ अर्ब ९ कराेड ८२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए । चालू आवकाे पुस मसान्तसम्ममा याे रकम २० अर्ब ८ कराेड २५ लाख रुपैयाँ रहेकाे थियाे ।

राष्ट्रिय बीमा कम्पनीले गत आवकाे माघ महिनाकाे तुलनामा चालू आवकाे माघमा कूल बीमाशुल्क आम्दानीमा करिब ९७ प्रतिशतले वृद्धि गर्न सफल भएकाे छ । राष्ट्रिय बीमा  गत माघमा २९ कराेड ५ लाख रुपैयाँ आर्जन गरेकाे छ। गत आवकाे माघमा सरकारी स्वामित्वकाे याे निर्जीवन बीमा कम्पनीले १४ कराेड ७५ लाख रुपैयाँ ८४ हजार रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेकाे थियाे । यसपटक माघ महिनाकाे कूल बीमाशुल्क आम्दानीकाे आधारमा सरकारी स्वामित्वकाे याे कम्पनीले दाेश्राे ठूलाे बजार हिस्सा कायम राखेकाे छ । माघ महिनासम्मकाे कूल बीमाशुल्क आम्दानीमा पनि सरकारी कम्पनीले १२९ प्रतिशतले फड्काे मारेकाे छ। गत आवकाे माघमसान्तसम्ममा जम्मा ७३ कराेड ९१ लाख ३१ हजार रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेकाे राबीकले चालू आवकाे माघमसान्तसम्ममा १ अर्ब ६९ कराेड ८२ लाख ९३ हजार रुपैयाँ कूल बीमाशुल्क स‌ंकलन गरेकाे छ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक बजार हिस्सा ‍ओगटेकाे शिखर इन्स्याेरेन्सकाे कूल बीमाशुल्क आम्दानी गत आवकाे माघ महिनाकाे तुलनामा चालू आवकाे माघ महिनामा जम्मा ६ लाख ३१ हजार रुपैयाँले बढेकाे छ। गत आवकाे माघ महिनामा कूल ३२ कराेड ७३ लाख ५३ हजार रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेकाे शिखर इन्स्याेरेन्सले चालू आवकाे माघमा ३२ कराेड ७९ लाख ८४ हजार रुपैयाँ कूल बीमाशुल्क स‌ंकलन गरेकाे छ। चालू आवकाे गत माघसम्ममा शिखरकाे कूल बीमाशुल्क आम्दानी २ अर्ब ९८ कराेड ३ लाख ३२ हजार रुपैयाँ रहेकाे छ। गत आवकाे साेही अवधिसम्ममा शिखरले जम्मा २ अर्ब ७६ कराेड ५४ लाख रुपैयाँ आम्दानी गरेकाे थियाे ।

यसैगरी सगरमाथा इन्स्याेरेन्सकाे कूल बीमाशुल्क आम्दानी भने गत आवकाे माघकाे तुलनामा यसपटककाे माघ महिनामा उल्लेख्यरुपमा गिरावट आएकाे छ। सगरमाथाले गत आवकाे माघमा कूल २२ कराेड ५७ लाख रुपैयाँ आर्जन गरेकाेमा यसपटककाे माघमा जम्मा १९ कराेड ७ लाख रुपैयाँ आम्दानी गरेकाे छ। प्रतिशतका हिसाबले कूल बीमाशुल्क आम्दानी १८‍‍.३४ प्रतिशतले खुम्चिएकाे हाे । चालू आवकाे माघसम्ममा १ अर्ब ६८ कराेड ८८ लाख रुपैयाँ कूल बीमाशुल्क आम्दानी गरेकाेमा गत आवकाे माघमसान्तसम्ममा सगरमाथा इन्स्याेरेन्सकाे कूल बीमाशुल्क आम्दानी १ अर्ब ९५ कराेड ५४ लाख रुपैयाँ रहेकाे थियाे ।

नेकाे इन्स्याेरेन्सकाे कूल बीमाशुल्क आम्दानी १९ कराेड ३७ लाख रुपैयाँबाट २१ कराेड २ लाख रुपैयाँ पुगेकाे छ। नेकाेले गत वर्षकाे माघकाे तुलनामा यस माघ महिनामा कूल बीमाशुल्क आम्दानी ८‍.५१ प्रतिशतले बढाएकाे छ। माघ मसान्तसम्ममा नेकाे इन्स्याेरेन्सकाे कूल बीमाशुल्क १ अर्ब ७५ कराेड ६१ लाख रुपैयाँ रहेकाे छ, भने गत आवकाे साेही अवधिसम्ममा याे रकम १ अर्ब ७७ कराेड ७५ लाख रुपैयाँ रहेकाे थियाे । सात महिने प्रगती विवरणकाे आधारमा नेकाे इन्स्याेरेन्सकाे कूल बीमाशुल्क आम्दानी २ कराेड १४ लाख रुपैयाँले खुम्चिएकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS