IME Life New

नुवाकोटमा आरविवि मर्चेन्ट बैंकिङको शेयर साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले बिद्यालयका बिद्यार्थीहरुलाई शेयरसँग सम्बन्धित साक्षरता कार्यक्रम गरेर ग्लोबल मनी विक मनाएको छ। आरविवि मर्चेन्टले नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टार मा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक÷ शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको हो।

उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Esewa
Crest

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए।

ग्लोबल मनी विकको अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित संस्था हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS