IME Life New

नीतिगत विषयमा छलफल गर्न अर्थमन्त्रीले बोलाए गभर्नरलाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले गभर्नर महाप्रसाद अधिकारीलाई छलफलका लागि डाकेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री पुनले गभर्नर अधिकारीलाई आज दिउँसो छलफलका लागि डाकेका हुन्। ‘अर्थतन्त्रको पछिल्लो अवस्था, राष्ट्र बैंकका नीतिगत व्यवस्था र पुँजी बजारमा हाल देखिएका समस्याहरु विषयमा छलफल हुन सक्छ’, स्रोतले भन्यो।

Esewa
Crest

विशेषगरी राष्ट्र बैंकको केही नीतिगत व्यवस्थाले पुँजी बजार उठ्न नसकेको आवाज उठिरहेको छ। ‘शेयर लगानीकर्ता र सरोकारवाला निकायहरुले पुँजी बजार सुधारका लागि सरकारले उचित कदम चाल्नुपर्ने माग गर्दै आएका छन्’, स्रोतले भन्यो, ‘अर्थमन्त्री पुन शेयर बजार सुधारका लागि सकारात्मक हुनुहुन्छ, यसका लागि आवश्यक नीतिगत सुधारका विषयमा गभर्नर अधिकारीसँग छलफल हुन सक्छ।’

पछिल्लो समय बैंक तथा वित्तीय संस्था र सहकारीमा देखिएका समस्यामा राष्ट्र बैंकको सहकार्यमा सरकारले गरिरहेको अनुगमनका विषयमा ब्रिफिङ हुन सक्ने स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS