IME Life New

निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिने प्रधानमन्त्रीको प्रतिबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिने प्रतिबद्धता गरेका छन्।

आफू नेतृत्वको सरकारको १ वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो प्रतिबद्धता गरेका हुन्। ‘सरकारको अबको लक्ष्य उत्पादन र रोजगारी वृद्धि रहेको छ’, उनले भने, ‘यसका लागि निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल लिनेछु।’

Esewa
Crest

प्रम दाहालले यस वर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा २.७ प्रतिशत विन्दुले कम भएको जानकारी दिए। ‘यो पक्कै उपलब्धि हो तर यसमा सन्तुष्ट भएर राष्ट्र बन्दैन’, उनले भने, ‘उपभोक्ता मूल्य वृद्धिदरलाई आमजनताले महसुस गर्ने गरी कम गर्न सरकारी नीति र प्रशासनिक क्षमताको सुधार अब मेरो प्राथमिकतामा छ।’

बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरुको आधार ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर पनि घटेको दाहालले बताए। ‘यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ’, उनले भने।

पुँजीबजार र बीमा क्षेत्रमा सकारात्मकसुधार त भएको छ तर अपेक्षित सुधार नहुँदा आफू चिन्तित बनेको दाहालले बताए। ‘सुधारका लागि गम्भीर गृहकार्य गरिरहेको छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS