IME Life New

निर्जीवन लघु बीमा व्यवसायः ४ लघु बीमकको हिस्सा ९३% माथि, ठूला ११ बीमकको करिब ७% मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय आक्रामक ढंगले व्यापार बढाउँदै निर्जीवन लघु बीमकहरु अगाडि बढिरहेका छन्। हाल सञ्चालनमा रहेका ४ वटै लघु जीवन बीमकले आफ्नो व्यवसायलाई तीव्रता दिइरहेका हुन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार ४ वटै निर्जीवन लघु बीमक व्यापारको हिसाबले ठूला ११ वटा निर्जीवन बीमकभन्दा अघि देखिएका छन्।

Esewa
Crest

तथ्यांकअनुसार ४ निर्जीवन बीमक र ठूला ११ निर्जीवन बीमकले ११ महिनामा कुल १ लाख २३ हजार ५११ लुघ बीमालेख जारी गर्दैै २५ करोड ६५ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जसमा ४ निर्जीवन लघु बीमकले मात्रै १ लाख ४ हजार २७९ वटा बीमालेख जारी गर्दै २३ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल लघु बीमा व्यवसायको ९३.२२ प्रतिशत हिस्सा हो।

कुल बीमाशुल्क आर्जनको हिसाबले नेपाल माइक्रो अगाडि रहेको छ। यो कम्पनीले ४३ हजार १९७ वटा बीमालेख जारी गर्दै ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो छ। यो लघु बीमकले २५ हजार १३५ वटा बीमालेख जारी गर्दै ७ करोड ४९ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी व्यापारको हिसाबले स्टार माइक्रो तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले २६ हजार ५८९ वटा बीमालेख जारी गर्दै ५ करोड ३७ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

जेठसम्म ट्रस्ट माइक्रोले २ करोड २० लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ९ हजार ३५८ वटा बीमालेख जारी गरेको छ।

उता यो ११ ठूलो ११ निर्जीवन बीमा कम्पनीले १९ हजार २३२ वटा लघु बीमालेख जारी गर्दै १ करोड ७४ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन कुल लघु बीमा व्यवसायको ६.७८ प्रतिशत हिस्सा हो।

ठूला कम्पनीमध्ये लघु बीमा व्यवसायमा नेको इन्सुरेन्स अगाडि देखिन्छ। नेकोले ५ हजार ५०१ वटा लघु बीमालेख जारी गर्दै १ करोड २३ लाख १८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरले यो ११ महिनामा १२ हजार २२० वटा लुघ बीमालेख जारी गर्दै १७ लाख ३३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कुल बीमाशुल्क १६ लाख ३३ हजार रुपैयाँसहित प्रभु इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। यो कम्पनी ११ महिनामा ७३५ वटा लघु बीमालेख जारी गरेको छ।

जेठसम्म सगरमाथा लुम्बिनीले ६ लाख ४८ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियरले ५ लाख ३ हजार रुपैयाँ, सानिमा जीआईसीको ३ लाख ३८ हजार रुपैयाँ, युनाइटेड अजोडले १ लाख ४२ हजार रुपैयाँ, एनएलजीले ७० हजार रुपैयाँ, ओरियन्टलको ३६ हजार रुपैयाँ, नेसनल र हिमालयन एभरेष्टको समान १ हजार रुपैयाँ कुल बीमाशु्ल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS