IME Life New

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १३ प्रतिशतले वृद्धि, कसको ग्रोथ राम्रो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल स्टक एक्सेञ्जमा कारोवार हुने १५ निर्जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको अवस्था छ ।

१५ निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कुल १६ अर्ब ६३ करोड कुल बीमा शुल्क आर्जन गरेका छन्। कुल बीमा शुल्क आर्जन रकम गत आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १४ अर्ब ६९ करोड रुपैया थियो। कुल बीमा शुल्क आर्जन रकम १३ प्रतिशतले वृद्धि भएको छ ।

Esewa
Crest

त्यस्तै १५ निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ७ अर्ब ७५ करोड खुद बीमा शुल्क आर्जन गरेका छन्। खुद बीमा शुल्क आर्जन रकम अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ७ अर्ब ७ करोड थियो। खुद बीमा शुल्क आर्जन रकम १० प्रतिशतले वृद्धि भएको छ ।

कुल बीमा शुल्क आर्जनमा रास्ट्रीय बीमा कम्पनीले सर्वाधिक वृद्धि गर्न सफल भएको छ । रास्ट्रीय बीमा कम्पनी लिमिटेडले कुल बीमा शुल्क आर्जन रकम ४६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

त्यस्तै खुद बीमा शुल्क आर्जनमा एभरेस्ट इन्स्योरेन्सको सर्वाधिक वृद्धि देखिएको छ। एभरेस्ट इन्स्योरेन्सले खुद बीमा शुल्क आर्जनमा २७६ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

निर्जीवन बीमा कम्पनीको लिडर शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन २ प्रतिशतले मात्र वृद्धि  भएको छ भने खुद बीमा शुल्क आर्जन रकममा १ प्रतिशतको मात्र वृद्धि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS