IME Life New

निर्जीवन बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी २३ प्रतिशतले बढ्दा चार कम्पनीको घट्यो, कुनले कति गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेका १८ निर्जीवन बीमा कम्पनीहरुको वित्तीय अवस्थालाई हेर्दा अधिकांश बीमा कम्पनीहरुको खुद दाबी भुक्तानी बढेको देखिएको छ भने दुई कम्पनीको दाबी भुक्तानी घटेको छ । यस अवधिसम्ममा वित्तीय विवरण प्रकाशन भएकामध्ये १४ वटा कम्पनीहरुको खुद दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो । सबैभन्दा धेरै दाबी भुक्तानी यूनाइटेड इन्स्योरेन्स कम्पनीको बढेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद दाबी भुक्तानी ८६ प्रतिशतले बृद्धि गरेको छ ।

आर्थिक वर्ष २०७८ /७९ को असार मसान्तसम्ममा १८ बीमा कम्पनीहरुले ७ अर्ब ५७ करोड १२ लाख ९५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ६ अर्ब १४ करोड ८७ लाख ११ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद दाबी भुक्तानी २३ प्रतिशतले बढेको तथ्याङकले देखाएको छ ।

Esewa
Crest

चार कम्पनीको खुद दाबी भुक्तानी घट्यो
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ वटा कम्पनीको खुद दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपाल इन्स्योरेन्स कम्पनीको खुद दाबी भुक्तानी ९ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २७ करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यस समिक्षा अवधिमा कम्पनीले २५ करोड ३२ लाख रुपैयाँ मात्र खुद दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको पनि खुद दाबी भुक्तानी घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ५ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षको यस अवधिमा ४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यस अवधिमा कम्पनीले ४ करोड २ लाख मात्र दाबी भुक्तानी गरेको छ ।

प्रभु इन्स्योरेन्सको खुद दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको तुलनामा २ प्रतिशतले कमी हो । अघिल्लो आर्थि कवर्षको यस अवधिमा कम्पनीले २० करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा यस अवधिमा कम्पनीले १९ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको खुद दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्षमा १९ करोड ८७ लाख खुद दाबी भुक्तानी गरेको कम्पनीले यस अवधिमा १८ करोड २७ लाख मात्र भुक्तानी गरेको छ ।
यस अवधिमा सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । यस अवधिसम्म कम्पनीले ९७ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ९ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ८९ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद दाबी भुक्तानी ४६ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिसम्ममा कम्पनीले ९५ करोड ६१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ८४ करोड ३६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३४ प्रतिशतले बढी हो ।

यस अवधिसम्ममा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ६९ करोड २४ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले ५५ करोड १३ लाख, लुम्बिनी जनरलले ४७ करोड ८ लाख, प्रिमियर इन्स्योरेन्स कम्पनीले ४४ करोड ७ लाख, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ४१ करोड ४४ लाख, आइएमई जनरलले ३८ करोड ४९ लाख, यूनाइटेड इन्स्योरेन्सले ३६ करोड ११ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले २९ करोड २१ लाख, अजोड इन्स्योरेन्सले २६ करोड ६३ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेका छन् ।

त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीले १४ करोड ५० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने सानिमा जनरलले १० करोड १६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS