IME Life New

निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३ अर्ब ९२ करोड खुद बीमा शुल्क, कुनको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । १८ वटा निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमाससम्ममा ३ अर्ब ९२ करोड ९३ लाख ८८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४९ करोड १७ लाख १९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन १२ प्रतिशतले बढी हो । यस अवधिमा नेशनल इन्स्योरेन्स र ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भने वित्तीय विवरण प्रकाशन गरेका छैनन् ।

समिक्षा अवधिमा सर्वाधिक खुद बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४३ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले समिक्षा अवधिमा ४९ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४ प्रतिशतले बढी हो ।

Esewa
Crest

त्यस्तै दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४४ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २ प्रतिशतले बढी हो ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन १० प्रतिशतले बृद्धि गरी ३९ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।
तीन कम्पनीको खुद बीमा शुल्क आर्जन घट्यो
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा वित्तीय विवरण प्रका्शन गरेका १८ वटा कम्पनीलाई हेर्दा तीन कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको देखिएको छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ प्रतिशतले गिरावट आई १२ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । अजोड इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले १० करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतले घटेको हो । यस अवधिमा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनएलजी इन्स्योरेन्स कम्पनीले ३३ करोड ३० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५७ प्रतिशतले बढी हो । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको सोह्री अवधिको तुलनामा २१ प्रतिशतले खुद बीमा शुल्क बृद्धि गरी ३० करोड ५९ करोड बीमा शुल्क आर्जन गरेको छ । प्रिमियर इन्स्योरेन्सले २५ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले २३ करोड ६५ लाख, यूनाइटेड इन्स्योरेन्स कम्पनीले २१ करोड ४० लाख रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीले २० करोड ३५ लाख रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १९ करोड ९६ लाख रुपैयाँ, आइएमई जनरलले १६ करोड ३७ लाख रुपैयाँ,एभरेष्ट इन्स्योरेन्स कम्पनीले १५ करोड ३१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

१० करोडभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनी
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ८ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ७ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS