IME Life New

निर्जीवन बीमा कम्पनीहरुको दाबी भुक्तानी ४२ % बढ्यो, क्षति बापत बीमितले पाए १७ अर्ब ४ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब ४ करोड ४६ लाख ५९ हजार रुपैयाँको दाबी भुक्तानी गरेका छन् । यस्तो दाबी अघिल्लो आर्थिक वर्षको तुलनामा ४२.५५ प्रतिशतले बढि हो ।

निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय विस्तार हुँदै गर्दा दाबी भुक्तानी पनि बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीहरुले ११ अर्ब ९५ करोड रुपैयाँको दाबी भुक्तानी गरेका छन् । दाबी रकमका साथै दाबी संख्या पनि ७९.६९ प्रतिशतले बढेको देखिन्छ । कम्पनीहरुले गत वर्ष मात्रै एक लाख ४८ हजार वटा दाबी फर्छयौट गरेका छन् । जवकी अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ८२ हजार ४१३ वटा मात्रै थियो ।

Esewa
Crest

क्षति भएका खण्डमा दाबी पाइन्छ भनेर बीमा गर्ने गरिन्छ । कम्पनीहरुले लाखौ संख्यामा बीमा गरेर हजारौ संख्यामा दाबी भुक्तानी गर्ने सिद्धान्तले बीमा गरिरहेका हुन्छन् । तर नेपालका बीमा कम्पनीहरुले दाबी भुक्तानीका लागि दिने झण्झटले बीमितहरु हैरानीमा पर्ने गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार झण्डै २० अर्ब रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । यसरी दाबी भुक्तानीमा आनाकानी गर्दा बीमा प्रतिको आम सर्वसाधारणको नकारात्मक धारणा अझ बढ्दै जान्छ । यदि बीमा गर्ने वित्तीकै क्षतिको दाबी पाउन सजिलो भयो भने मानिसहरुले नियमित रुपमा बीमा गर्छन् ।

कम्पनीहरुले १७ अर्ब रुपैयाँ फर्छ्यौट गते पनि झण्डै २० अर्ब भुक्तानी गर्न बाँकी देखिनुले पनि कम्पनीहरु प्रति बीमितको नकारात्मक धारणा बन्न पुगेको हो । अर्बौ रुपैयाँ दाबी भुक्तानी बाँकी हुँदा पनि नियामक निकाय चुप लागेर बसेको देखिन्छ ।

गत वर्ष सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले एक अर्ब ९८ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । तर कम्पनीले अझै २ अर्ब एक करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । त्यस्तै हिमालयन जनरलले एक अर्ब ७५ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । शिखर सहित एक अर्ब भन्दा धेरै दाबी भुक्तानी गर्ने कम्पनीहरुमा  हिमालयन एक अर्ब ७५ करोड, एनएलजी एक अर्ब ३४ करोड रुपैयाँ, सगरमाथा एक अर्ब ३३ करोड रुपैयाँ, प्रिमियरले एक अर्ब ३० करोड रुपैयाँ, सिद्धार्थ एक अर्ब २६ करोड रुपैयाँ र नेकोले एक अर्ब ७ करोड रुपैयाँ रहेका छन् ।

सबैभन्दा कम दाबी भुक्तानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी छ । कम्पनीले १५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी गर्दै गर्दा अझै ६० लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । बीमा जोखिम न्युनिकरणकालागि गरिन्छ । कुनै क्षति भएमा त्यस वापतको क्षतिपूर्ति पाइन्छ भनेर बीमा पोलिसी खरिद बिक्री हुने गर्छ । तर नेपालका बीमा कम्पनीले दाबी भुक्तानीमा ढिलाइ गर्ने गरेका छन् ।

यसले गर्दा बीमा प्रति नै नकारात्मक सन्देश जाने गरेको विज्ञहरु बताउछन् । तै पनि बीमा कम्पनीले चाहेर पनि बीमाको दाबी भुक्तानी गर्न गाह्रो परिरहेको कम्पनीहरुको राय छ । बीमितहरुले क्षति भए पछि आवस्यक कागपत्र नै पुरा नगरी दाबीका लागि निवेदन दिन्छन् । आवस्यक कागजत्र नभएको भन्दै कम्पनीहरुले वर्षौसम्म दाबी भुक्तानी गर्दैनन् । यदि कम्पनीहरुले बीमा गर्दा नै बीमितलाई दाबी भुक्तानीको प्रकृयाँको जानकारी दिने हो भने यस्तो समस्या कम हुने विज्ञहरु बताउछन् ।

दाबी भुक्तानी ढिला हुनुमा बीमितको क्षति मुल्याङ्कन गर्ने सर्भेयरले समयमा रिपोर्ट नबुझाउनु पनि हो । काठमाडौंमा सर्भेयरको खासै समस्या नभए पनि ग्रामीण क्षेत्रमा भने सर्भेयर हुँदैनन् । बीमा समतिले पनि यस पटक १३ सय भन्दा धेरैलाई सर्भेयरको लाइसेन्स दिदै छ । अवका दिनमा सर्भेयरको अभाव भन्दै कम्पनीहरुले बहानावाजी गर्न पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS