IME Life New

निर्जीवन बीमा कम्पनीले संकलन गरे ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले असार महिनामा मात्रै तीन अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ मा भने ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

Esewa
Crest

यस वर्ष पनि सर्वाधिक बीमा शुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी नै रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा तीन अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । असार महिनामा मात्रै भने शिखरको बीमा शुल्क ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स कम्पनीको २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले असार महिनामा मात्रै ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो । असार महिनामा मात्रै भने १९ करोड रुपैयाँ संकलन गरेको छ । तुलनात्मक रुपमा असार अन्तिममा नेकको बीमा शुल्क आर्जन घटेको हो ।

त्यस्तै दुई अर्ब भन्दा माथि बीमा शुल्क आर्जन गर्नेमा सिद्धार्थ र एनलएलजी पनि रहेका छन् । सिद्धार्थले २ अर्ब ३२ करोड रुपैया बीमा शुल्क आर्जन गर्दा एनएलजीको २ अर्ब ८ करोड रुपैयाँ रहेको छ । दुई अर्ब भन्दा कम एक अर्ब भन्दा माथिको बीमा शुल्क आर्जन गर्नेमा ११ वटा कम्पनी छन् । एक अर्ब भन्दा माथि बीमा शुल्क आर्जन गर्नेमा क्रमश प्रिमियर एक अर्ब ९० करोड, आइएमई जनरल एक अर्ब ५२ करोड, लुम्बिनी एक अर्ब ३६ करोड, प्रभु एक अर्ब ३६ करोड, हिमालयन जनरल एक अर्ब ३० करोड, प्रुडेन्सियल एक अर्ब २८ करोड, नेपाल इन्स्योरेन्स एक अर्ब २७ करोड, अजोड एक अर्ब २७ करोड, दि ओरियण्टल एक अर्ब १६ करोड, युनाइटेड एक अर्ब ५ करोड, एभरेष्टले एक अर्ब एक करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । राष्ट्रिय बीमा कम्पनीको असारको मात्रै तथ्याङ्क छैन तर असार सम्ममा भने एक अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेशनल, जनरल र सानिमा जनरलको बीमा शुल्क आर्जन एक अर्ब भन्दा कम रहेको छ । नेशनलले ८७ करोड, जनरलले ६५ करोड र सानिमा जनरलले पनि ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS