IME Life New

निर्जीवन बीमा कम्पनीले संकलन गरे २४ अर्ब २७ करोड कुल बीमाशुल्क, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८१ /८२ को माघ महिनासम्ममा कुल २४ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले १६ लाख २१ हजार ६७९ वटा बीमा पोलिसी बिक्री गरी कुल २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस समीक्षा अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ९३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा सिद्धार्थ प्रिमियर इनस्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

त्यस्तै, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्सले १ अर्ब ९५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ९२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब २५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इनस्योरेन्सले १ अर्ब ३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ९४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS