IME Life New

निर्जीवन बीमा कम्पनीले माघ महिनासम्ममा आर्जन गरे २१ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क, कसको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले माघ महिनासम्ममा २१ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत पुस महिनासम्ममा उनिहरुले १९ अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । माघ महिनामा मात्रै भने २ अर्ब ७२ करोड रुपैयाँ आर्जन गर्न सफल भएका छन् । गएको पुस एक महिनामा मात्रै एक अर्ब ४५ करोड रुपैयाँ थियो ।

माघ महिनासम्ममा सर्वाधिक धेरै शिखर इनस्योरेन्सले २ अर्ब ७६ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तो दोस्रो स्थानमा रहेको सगरमाथाले एक अर्ब ९५ करोड रुपैयाँ रुपैयाँ आर्जन गर्दा तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले एक अर्ब ७७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

चौथो स्थानमा रहेको सिद्धार्थले एक अर्ब ५२ करोड, एनएलजीले एक अर्ब ३६ करोड, प्रिमियरले एक अर्ब २३ करोड, युनाइटेडले ९८ करोड ४३ लाख आर्जन गरेका छन् । बाँकी कम्पनी क्रमश हिमालयन ९८ करवड १९ लाख, आइएमई ९४ करोड ४१ लाख, अजोड ९२ करोड ९८ लाख, प्रभु ९१ करोड १० लाख, लुम्बिनी ९० करोड १७ लाख, दि ओरिएण्टल ८१ करोड ९५ लाख, प्रुडेन्सियल ७७ करोड ४९ लाख, राष्ट्रिय बीमा कम्पनी ७३ करोड ९१ लाख, एभरेष्ट ७० करोड ७९ लाख, जनरल ५४ करोड ६४ लाख र सानिमा जनरलले ५२ करोड ७७ लाख रुपैयाँ आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS