IME Life New

निर्जीवन बीमा कम्पनीले बैशाखसम्ममा आर्जन गरे ३१ अर्ब १९ करोड कुल बीमा शुल्क आर्जन, कसको कति (सूचिसहित)  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यस अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीहरुले २३ लाख ४८ हजार २३२ वटा बीमालेख जारी गरेका छन् ।

बैशाख महिनासम्ममा सर्वाधिक धेरै शिखरले ४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले २ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा तेस्रो नम्बरमा रहेको नेकोले २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

Esewa
Crest

चौथो नम्बरमा रहेको सिद्धार्थ इन्स्योरेन्सले २ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा पाँचौ नम्बरमा रहेको एनएलजीले एक अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै बाँकी कम्पनीहरुले क्रमश प्रिमियर एक अर्ब ७३ करोड रुपैयाँ, हिमालयन जनरल एक रअब ५१ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ४८ करोड रुपैयाँ, आइएमइ जनरल एक रअब ३७ करोड रुपैयाँ, अजोड एक अर्ब ३३ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स एक अर्ब २८ करोड रुपैयाँ, युनाइटेड एक अर्ब २८ करोड रुपैयाँ, लुम्बिनी जनरल एक रअब २६ करोड रुपैयाँ, प्रभु एक अर्ब १७ करोड रुपैयाँ, दि. ओरिएन्टल एक अर्ब १३ करोड रुपैयाँ, प्रुडेन्सियल एक अर्ब ८ करोड रुपैयाँ, एभरेष्ट एक अर्ब ४ करोड रुपैयाँ, सानिमा जनरल ८० करोड रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनी ७५ करोड रुपैयाँ र नेशनलले ७४ करोड रुपैयाँ आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS