IME Life New

निर्जीवन बीमा कम्पनीले पुनर्बीमा कमिशन बापत कमाए २ अर्ब ३० करोड, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा पुनर्बीमा कमिशन बापत २ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेका छन् । बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनीहरुलाई व्यवसाय दिए बापत निश्चित कमिशन पाउने गर्छन् । जुन बीमा कम्पनीहरुको प्रमुख आम्दानी हो । यहि अवधिमा निर्जीवन बीमा कम्पनीले २ अर्ब ४२ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । कम्पनीहरुको कमिशन हेर्दा लगभग मुनाफा हाराहारी नै देखिन्छ ।

बीमा कम्पनीहरुले सम्पुर्ण जखिम आफैले बहन गर्न सक्दैनन् । उनिहरुले आफुले लिएको जोखिमलाई पुनर्बीमा कम्पनीमा हस्तान्तरण गर्ने गर्छन् । यसरी जोखिम हस्तान्तरण गर्ने क्रममा पुनर्बीमा कम्पनीहरुलाई ठुलो प्रिमियम भुक्तानी गर्नु पर्छ । यस्तो रकम भुक्तानी गरेको अनुपातका आधारमा पुनर्बीमा कम्पनीहरुले बीमा कम्पनीहरुलाई कमिशन उपलब्ध गराउछन् ।

Esewa
Crest

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै पुनर्बीमा कमिशन शिखर इन्स्योरेन्सले ३४ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै दोस्रो धेरै कमिशन एनएलजी इन्स्योरेन्स कम्पनीले १७ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै तेस्रो धेरै कमिशन बुझ्नेमा हिमालयन एभरेष्टले १७ करोड ४५ लाख रुपैयाँ बुझेका छन् । नेपाली बीमा कम्पनीहरुले सबैभन्दा धेरै पुनर्बीमा कम्पनी हवाइ बीमा मार्फत प्राप्त गर्ने गरेका छन् । यस्तो बीमाको एकदमै कम जोखिम बहन गर्ने भएकाले ठुलो रकम पुनर्बीमा कम्पनीहरुलाई नै भुक्तानी गर्नु पर्छ । जसले गर्दा कमिशन पनि धेरै आउछ ।

सगरमाथाले १६ करोड ७१ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनी १६ करोड २ लाख, सिद्धार्थ १४ करोड ८८ लाख, लुम्बिनी १४ करोड ४२ लाख, सानिमा जिआइसी १४ करोड २४ लाख, आइएमई जनरल १२ करोड ४४ लाख, अजोड ११ करोड ३६ लाख, प्रिमियर ११ करोड ३१ लाख, राष्ट्रिय बीमा कम्पनी ९ करोड ४६ लाख, नेपाल इन्स्योरेन्स ९ करोड ४४ लाख, प्रभु ९ करोड २४ लाख, प्रुडेन्सियल ७ करोड ९१ लाख, दि ओरिएण्टल ७ करोड ४ लाख, युनाइटेड इन्स्योरेन्स ६ करोड ४८ लाख र नेशनल इन्स्योरेन्स कम्पनीले ५ लाख रुपैयाँ मात्रै पुनर्बीमा कम्पनी बुझेको छ ।

बीमा कम्पनीहरुले पुनर्बीमा व्यवसाय दिए बापत पुनर्बीमा कम्पनीबाट राम्रो सेवा सुविधा बुझ्ने गरेका छन् । यसले गर्दा स्वदेशी पुनर्बीमा कम्पनीलाई व्यवसाय दिनु पर्यो भन्दा धेरै विरोध हुने गरेको छ । स्वदेशी भन्दा विदेशी पुनर्बीमा कम्पनीबाट राम्रो सेवा सुविधा पाइने भएकाले जहिले पनि उनिहरुको ध्यान विदेशी पुनर्बीमा कम्पनी तर्फ हुने गरेको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS