IME Life New

निर्जीवन बीमा कम्पनीले जारी गरे २७ लाख ३१ हजार वटा पोलिसी, ५ कम्पनीकै हातमा झण्डै आधा बजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ मा २७ लाख ३१ हजार वटा पोलिसी बिक्री गरेका छन् । उक्त पोलिसी बिक्री गरेर कम्पनीहरुले ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

गत वर्ष सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीले तीन लाख २ हजार ७१२ वटा पोलिसी जारी गरेको छ । नेकोको मात्रै बजार हिस्सा ११.०८ प्रतिशत रहेको छ । तर प्रिमियमका संकलनका हिसावले नेको तेस्रो स्थानमा रहेको छ । कम्पनीले २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

प्रिमियमका हिसावले अग्रपङ्तिमा रहेको शिखरको पोलिसी संख्या भने २ लाख ७१ हजार ११६ वटा मात्रै छ । पोलिसी संख्या तर्फ कम्पनीको बजार हिस्सा ९.९२ प्रतिशत रहेको छ । कम्पनीले तीन अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

पोलिसी संख्याका हिसावले तेस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स कम्पनी छ । सगरमाथाले दुई लाख ३७ हजार वटा पोलिसी बिक्री गरेको छ । उक्त पोलिसी मार्फत कम्पनीले २ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बीमा शुल्कका हिसावले सगरमाथा दोस्रो स्थानमा छ ।

त्यस्तै बीमालेख संख्याका हिसावले चौथो नम्बरमा एनएलजी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको बजार हिस्सा ८.२८ प्रतिशत छ । त्यस्तै पाचौ नम्बरमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी छ । कम्पनीले २ लाख १८ हजार वटा पोलिसी बिक्री गरेको छ । यसरी टप फाइभ भित्रका कम्पनीको बजार हिस्सा मात्रै ४६ प्रतिशत छ ।

२० निर्जीवन बीमा कम्पनीहरु मध्ये ५ वटाले नै आधा बजार होल्ड गर्दा बाँकी १५ कम्पनीले आधार बजार शेयर गर्नु परिरहेको छ । निर्जीवन बीमा व्यवसाय कर्पोरेट रिलेसनबाट चलेको हुन्छ । ठुला ठुला व्यवसायिक घरानाका आफ्नै बीमा कम्पनी रहेका छन् । उनिहरुले घुमाइफिराइ आफ्नै कम्पनीमा व्यवसाय दिइरहेका छन् । सिमित व्यवसायिक घरानाले आफ्नै बैंक, बीमा कम्पनी तथा व्यवसाय सञ्चालन गर्दा सिमित कम्पनीहरुले मात्रै बजार होल्ड गर्न सफल भएका हुन् ।

पोलिसी संख्याका हिसावले छैठौ नम्बरमा रहेको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको बजार हिस्सा ५.६३ प्रतिशत मात्रै छ । त्यस्तै सातौ नम्बरमा रहेको प्रिमियरको ५.५८ प्रतिशत छ । बाँकी कम्पनीहरु क्रमश नेपाल इन्स्योरेन्स ५.४१ प्रतिशत, लुम्बिनी जनरलको ५.३० प्रतिशत, युनाइटेडको ४.९४ प्रतिशत, आइएमई जनरलको ४.७७ प्रतिशत, अजोडको ४.६९ प्रतिशत, एभरेष्टको ३.७१ प्रतिशत, प्रभु इन्स्योरेन्स ३.५२ प्रतिशत, हिमालयन जनरलको ३.५२ प्रतिशत, जनरल इन्स्योरेन्स २.६३ प्रतिशत, सानिमा जनरल २.६० प्रतिशत, दि ओरियन्टल १.२१ प्रतिशत र नेशनल इन्स्योरेन्सको ०.६४ प्रतिशत बजार हिस्सा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS