IME Life New

निर्जीवन बीमा कम्पनीले जेठ महिनासम्ममा आर्जन गरे ३४ अर्ब १५ करोड कुल बीमा शुल्क, कसको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा ३४ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष सकिन एक महिना मात्रै बाकी रहदाँ तीन कम्पनी बाहेक सबैले एक अर्ब नघाउन सफल भएका छन् ।

सानिमा, जनरल र नेशनल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन एक अर्ब भन्दा कम छ । जेठ महिनासम्ममा सर्वाधिक धेरै शिखर इन्स्योरेन्स कम्पनीले ४ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अन्य चार कम्पनीले भने २ अर्ब नघाउन सफल भएका छन् ।

Esewa
Crest

जसमा दोस्रो स्थानमा रहेको सगरमाथाले २ अर्ब २७ करोड, तेस्रो स्थानमा रहेको नेकोले २ अर्ब ६१ करोड, चौथो स्थानमा रहेको सिद्धार्थले २ अर्ब २४ करोड र पाँचौ स्थानमा रहेको एनलजीले २ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । बीमा समितिले पछिल्लो समय कायम गरेको न्युनतम चुक्ता पूँजी बराबर व्यवसाय गर्ने बीमा कम्पनी जम्मा तीन वटा मात्रै रहेका छन् ।

पछिल्लो समयको आर्थिक मन्दीले बीमा कम्पनीको बीमा शुल्क आर्जनमा पनि ठुलो प्रभाव परिरहेको छ । कम्पनीहरुले व्यवसाय धेरै हुन नसकेको बताए पनि गत वर्षको तुलनामा भने राम्रो सुधार भएको छ । तर बृद्धिदर भने कम छ ।

बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सर्वाधिक कम बीमा शुल्क आर्जन गर्नेमा नेशनल इन्स्योरेन्स कम्पनीले ८० करोड १५ लाख, त्यस पछि क्रमश जनरलको ८१ करोड ७८ लाख, सानिमाको ९० करोड ६८ लाख, एभरेष्टको एक अर्ब ११ करोड, प्रुडेन्सियलको एक अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २५ लाख १७ हजार वटा पोलिसी जारी गरेका छन् । सर्वाधिक धेरै नेको इन्स्योरेन्सले २ लाख ४६ हजार, सगरमाथा २ लाख २७ हजार, शिखरले २ लाख १२ हजार पोलिसी जारी गरेका छन् । सर्वाधिक कम पोलिसी जारी गर्नेमा नेशनलको २१ हजार ६५ वटा मात्रै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS