IME Life New

निर्जीवन बीमामा डिजिटल सिग्नेचरले पायाे मान्यता, बीमितकाे हस्ताक्षर अनिवार्य छैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पत्ती बीमा निर्देशन २०८० जारी भएसँगै निर्जीवन बीमा व्यवसायमा डिजिटल हस्ताक्षरले मान्यता पाएकाे छ। बीमा नियामक नेपाल बीमा प्राधिकरणले निर्देशिकामार्फत् बीमितले बीमालेख प्रस्ताव गर्दा वा बीमकले बीमालेख जारी गर्दा डिजिटल हस्ताक्षर प्रयाेग गर्ने बाटाे खुला गरिदिएकाे हाे ।

सम्पत्ती बीमा निर्देशनकाे अनसूची २ मा सम्पत्ती बीमालेख प्रस्ताव फारम सम्बन्धी प्रावधान अन्तर्गत प्रस्ताव फाराम भर्ने नियम अन्तर्गत बीमितले आफूले हस्ताक्षर गर्नुपर्ने ठाउँमा डिजिटल हस्ताक्षर गर्न सक्ने उल्लेख छ। डिजिटल हस्ताक्षर प्रयाेग गर्न चाहने बीमितले कानून अनुसार डिजिटल हस्ताक्षर गर्ने इजाजत लिएकाे हुनुपर्नेछ।

Esewa
Crest

बीमालेख प्रस्तावमा डिजिटल हस्ताक्षरकाे प्रयाेग गर्ने भनेकाे हस्ताक्षरकाे फाेटाे खिचेर वा स्क्यान गरेर प्रस्ताव फारममा प्रविष्टी गर्ने हाेइन । डिजिटल हस्ताक्षर भनेको डिजिटल कागजात, सन्देश वा सफ्टवेयरको प्रामाणिकता र अखण्डता प्रमाणित गर्न प्रयोग गरिने गणितीय प्रविधि हो। यो हस्तलिखित हस्ताक्षर वा स्ट्याम्प गरिएको छापको डिजिटल बराबर हो । यसले धेरै अन्तर्निहित सुरक्षा प्रदान गर्दछ। डिजिटल हस्ताक्षर सरकारले मान्यता दिएकाे निकायबाट निश्चित प्रकृया पुरा गरी लिनुपर्छ। डिजिटल हस्ताक्षर डिजिटल संचारमा छेडछाड हुने समस्या समाधान गर्ने एउटा भरपर्दाे माध्यम समेत हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS