IME Life New

निर्जीवन बीमकले ५ वर्षमा रु. ३४ अर्बले बढाए पुँजी कोष, ४६% बढ्यो चुक्तापुँजी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजाजत प्राप्त निर्जीवन बीमकले ५ वर्षको अवधिमा चुक्तापुँजी वृद्धिसहित पुँजी कोषलाई झन्डै ३४ अर्ब रुपैयाँले बढाएका छन् । आर्थिक वर्ष २०७६।७७ को तुलनामा २०८०।८१ सम्ममा निर्जीवन बीमकको चुक्तापुँजीसमेत ४६ प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

नेपाल बीमा प्राधिकरणका अनुसार इजाजतप्राप्त १४ निर्जीवन बीमक र ४ लघु निर्जीवन बीमकसहित कुल १७ निर्जीवन बीमकको पुँजी कोषमा गत आर्थिक वर्ष २०८०।८१ को अन्त्यमा झन्डै ७४ अर्ब रुपैयाँ थियो । आर्थिक वर्ष २०७६।७७ मा यो रकम जम्मा ३८ अर्ब ९५ करोड रुपैयाँमात्र थियो।

Esewa
Crest

निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको जोखिम बहन क्षमता बढाउन प्राधिकरणले न्यूनतम चुक्तापुँजी १ अर्ब रुपैयाँबाट बढाएर २ अर्ब ५० करोड रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था गरेको छ। यो प्रावधानका कारण निर्जीवन बीमकले लाभांश, साधारण शेयर निष्कासन, मर्जर र हकप्रद शेयरका माध्यमबाट पुँजी वृद्धि गर्दै लगेका छन्।

बीमकको पुँजी वृद्धि, कारोबारको आकार र बढ्दो जोखिम बहनसँगै पुँजी कोषको आकार पनि विस्तारिँदै गएको देखिन्छ। प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६।७७ मा निर्जीवन बीमकहरुको चुक्तापुँजी १७ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा २५ अर्ब ७० करोड रुपैयाँ पुगेको थियो। विशेष जगेडा कोष १३ अर्ब ३६ करोड रहेकोमा गत आवमा २४ अर्ब ४३ करोड रुपैयाँ थियो।आर्थिक वर्ष २०७६।७७ मा निर्जीवन बीमकहरुको महाविपत्ति जगेडा, सञ्चित मुनाफा तथा अन्य जगेडा कोष क्रमशः ९५ करोड रुपैयाँ, ५४ करोड रुपैयाँ र ६ अर्ब ५२ करोड ७ लाख रुपैयाँ थियो। गत आर्थिक वर्ष २०८०।८१ मा यी कोषमा क्रमशः १ अर्ब ७६ करोड रुपैयाँ, ७ अर्ब ७ करोड रुपैयाँ र १४ अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको देखिन्छ।

आर्थिक वर्ष २०७७।७८ मा चुक्तापुँजी, सञ्चित मुनाफा, महाविपत्ति जगेडा, सञ्चित मुनाफा तथा अन्य जगेडा कोषमा क्रमशः २० अर्ब ४९ करोड रुपैयाँ, १५ अर्ब ६१ करोड रुपैयाँ, ६७ करोड रुपैयाँ, ९८ करोड रुपैयाँ र ६ अर्ब ९८ करोड रुपैयाँ रहेको थियो। यसैगरी आर्थिक वर्ष २०७८।७९ मा यी कोषमा क्रमशः २४ अर्ब १४ करोड रुपैयाँ, १७ अर्ब ९० करोड रुपैयाँ, ८४ करोड रुपैयाँ, ६८ करोड रुपैयाँ र ८ अर्ब ७३ करोड रुपैयाँ रहेको प्राधिकरणले प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९।८० मा पुँजी कोषमा रहेको यी रकम वृद्धि भएर क्रमशः २५ अर्ब २६ करोड रुपैयाँ, १९ अर्ब ८५ करोड रुपैयाँ, १ अर्ब ३४ करोड रुपैयाँ, ४ अर्ब १३ करोड र १८ अर्ब ३८ करोड रुपैयाँ पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS