IME Life New

निर्जीवन बीमकले शेयरमा बढाए लगानी, पौने ११ अर्ब पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास असोजसम्म निर्जीवन बीमा कम्पनीहरुले विभिन्न सवा ६७ अर्ब रुपैयाँ बढी लगानी गरेका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमकले विभिन्न क्षेत्रमा ६७ अर्ब ३४ करोड ४ लाख रुपैयाँ लगानी गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन बीमकहरुले ६० अर्ब ५१ करोड ३४ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा निर्जीवन बीमकहरुको लगानी ११.२८ प्रतिशतले बढेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्जीवन बीमकहरुले सूचीकृत भएका र नभएका तथा ऋणपत्र र म्युचुलअ फन्डहरुमा १० अर्ब ७३ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष कम्पनीहरुले सूचीकृत भएका र नभएका तथा ऋणपत्र र म्युचुलअ फन्डहरुमा १० अर्ब १२ करोड ४९ लाख रुपैयाँ लगानी गरेका थिए। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको शेयरमा लगानी ६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा निर्जीवन बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब ८ करोड ३६ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब १४ करोड ६४ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७२ करोड ८ लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १५ करोड १२ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा १ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा १४ करोड २० लाख रुपैयाँ लगानी गरेका छन्।

अघिल्लो वर्ष निर्जीवन बीमकहरुले सूचीकृत पब्लिक कम्पनीको शेयरमा ३ अर्ब १६ करोड ३४ लाख रुपैयाँ र बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा १ अर्ब १२ करोड ३८ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ६७ करोड ३३ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा २ अर्ब ४० करोड ५ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ९५ लाख ६६ हजार रुपैयाँ लगानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS