IME Life New

निर्जीवन बीमकमा धेरै व्यापार गर्नेमा सगरमाथा लुम्बिनी, ओरिएन्टल र नेपाल इन्स्योरेन्सको उत्कृष्ट ग्रोथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब १७ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले ११ लाख ३७ हजार २७२ वटा बीमालेख बिक्री गरेर चालु आर्थिक वर्षको मंसिरसम्म १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ११ लाख ६१ हजार २५९ वटा बीमालेख बिक्री गरेर १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको निर्जीवन व्यवसाय ९.२७ प्रतिशतले बढेको देखिन्छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १२ वटा कम्पनीको व्यापार बढेको छ भने २ वटा कम्पनीको घटेको छ। सर्वाधिक व्यापार भित्र्याउनेमा सगरमाथा लुम्बिनी रहेको छ भने वृद्धिदरको हिसाबले ओरिएन्टल र नेपाल इन्स्योरेन्स अगाडि रहेका छन्।

चालु आर्थिक वर्ष मंसिरसम्म सगरमाथा लुम्बिनीले २ अर्ब १९ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ९९ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १०.०१ प्रतिशतले बढेको छ।

दोस्रोमा सिद्धार्थ प्रिमियर रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको मंसिरसम्म १ अर्ब ७६ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब ६५ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

सर्वाधिक व्यापार भित्र्याउने तेस्रो कम्पनीमा शिखर रहेको छ। यो कम्पनीले अघिल्लो वर्ष मंसिरसम्म १ अर्ब ५७ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा १०.४५ प्रतिशतले बढाउँदै १ अर्ब ७४ करोड २५ लाख रुपैयाँ पुर्याएको छ।

यसैगरी चालु आर्थिक वर्षको मंसिरसम्म आईजीआई प्रुडेसिन्यलले १ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ, नेकोले १ अर्ब ४० करोड ३८ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १ अर्ब ४० करोड ९ लाख रुपैयाँ, एनएलजीले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ र ओरिएन्टलले १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा आईजीआई प्रुडेसिन्यलको व्यापार ५.३६ प्रतिशत, नेकोको ५.३१ प्रतिशत, हिमालयन एभरेष्टको ०.४० प्रतिशत, एनएलजीको ११.२३ प्रतिशत र ओरिएन्टलको ५४.९८ प्रतिशतले बढेको छ। वृद्धिदरका हिसाबले ओरिएन्टल अग्रस्थानमा रहेको छ।

त्यस्तै समीक्षा अवधिसम्म युनाइटेड अजोडले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ, सानिमा जीआईसीले ९९ करोड ७४ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा युनाइटेड अजोडको व्यापार ४.२६ प्रतिशतले घट्दा सानिमा जीआईसीको २.९८ प्रतिशत र नेपाल इन्स्योरेन्सको ५२.५७ प्रतिशतले बढेको छ। वृद्धिदरका हिसाबले नेपाल इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्म प्रभुले ७६ करोड ६८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा प्रभुको व्यापार ८.८६ प्रतिशतले घट्दा राष्ट्रिय बीमा कम्पनीको ७.१९ प्रतिशत र नेसनल इन्स्योरेन्सको ६.१६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS