IME Life New

निर्जीवन बीमकको लगानी साढे ६३ अर्ब माथि, कसको कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्र ६३ अर्ब ५५ करोड रुपैयाँ बढी लगानी गरेको पाइएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकले १४ वटा निर्जीवन बीमकहरुले ६३ अर्ब ५५ करोड १५ लाख रुपैयाँ लगानी गरेको पाइएको हो।

तथ्यांकअनुसार विभिन्न क्षेत्रमा राष्ट्रिय बीमा कम्पनीको लगानी सर्वाधिक देखिएको छ। यो कम्पनीले मात्रै ८ अर्ब १० करोड २० लाख रुपैयाँ लगानी गरेको छ।

Esewa
Crest

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। यो कम्पनीले विभिन्न क्षेत्रमा ७ अर्ब ८१ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ।

त्यस्तै सगरमाथ लुम्बिनी इन्स्योरेन्सले पनि विभिन्न क्षेत्रमा ६ अर्ब २५ करोड १५ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ५ अर्ब ७६ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ।

विभिन्न क्षेत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ८० करोड ९ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४ अर्ब ४३ करोड १८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ४ अर्ब ९ करोड १९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ९९ करोड १८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ३ अर्ब २१ करोड ८६ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब १२ करोड ५६ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ७४ करोड ८२ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले २ अर्ब ५० करोड ५८ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले २ अर्ब १६ करोड ३३ लाख रुपैयाँ लगानी गरेका छन्।

कुन क्षेत्रमा कति लगानी ?

  • नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २१ करोड ५३ लाख रुपैयाँ
  • वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा ४४ अर्ब ३ करोड २९ लाख रुपैयाँ
  • विकास बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब ३९ करोड १५ लाख रुपैयाँ
  • फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा १ अर्ब ६ करोड १० लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ३ अर्ब ५७ करोड ५६ लाख रुपैयाँ
  • बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा ३ अर्ब १९ करोड ३२ लाख रुपैयाँ
  • सूचीकृत पब्लिक कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा ९३ करोड ५२ लाख रुपैयाँ
  • कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना, केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्यमा ६९ करोड ६ लाख रुपैयाँ
  • नागरिक लगानी कोष र म्युचुअल फन्डमा ७४ करोड ६९ लाख रुपैयाँ
  • इन्भेस्टमेन्ट कम्पनीको शेयरमा ७५ लाख रुपैयाँ
  • सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा १ करोड ९१ लाख रुपैयाँ
  • सूचीकृत नभएका अन्य पब्लिक कम्पनीको शेयरमा ६१ करोड ६१ लाख रुपैयाँ
  • अन्य लगानीः २ अर्ब २० करोड २० लाख रुपैयाँ
nonlife investment

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS