IME Life New

निर्जीवन बीमकको कुल लगानी रु. ६२ अर्ब माथि, एफडीमै ८०%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले लगानी ठूलो हिस्सा बैंकहरुको मुद्दति निक्षेपमा रहेको देखिन्छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांक यस्तो देखाएको हो।

यो ६ महिनाको अवधिमा निर्जीवन बीमकहरुले विभिन्न क्षेत्रमा कुल ६२ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ लगानी गरेको देखिन्छ। यो अवधिमा निर्जीवन बीमकहरुले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा ४९ अर्ब ७९ करोड १६ लाख रुपैयाँ लगानी गरेका छन्। जुन कुल लगानीको ७९.८९ प्रतिशत हिस्सा हो।

Esewa
Crest

वाणिज्य बैंकहरुमा १४ वटा निर्जीवन बीमकले ४३ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका छन्। यसमा वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा भएको लगानीको हिस्सा करिब ७० प्रतिशत देखिएको छ। वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा एउटा निर्जीवन बीमकले आफ्नो कुल लगानीको न्यूनतम ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ।

यसैगरी निर्जीवन बीमकहरुले विकास बैंकहरुको मुद्दति निक्षेपमा ५ अर्ब २० करोड ७३ लाख रुपैयाँ लगानी गरेका छन्। जुन विभिन्न क्षेत्रमा गरिएको कुल लगानीको ८.३६ प्रतिशत हो। विकास बैंकहरुको मुद्दति निक्षेपमा एउटा निर्जीवन बीमकले आफ्नो कुल लगानीको बढीमा १० प्रतिशत लगानी गर्न पाउँछन्।

त्यस्तै निर्जीवन बीमकले आफ्नो कुल लगानीको बढीमा ५ प्रतिशत ग वर्गका वित्त कम्पनीहरुमा लगानी गर्न पाउने व्यवस्था रहेको छ। जसअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीले यो ६ महिनाको अवधिमा वित्त कम्पनीहरुमा १ अर्ब १० करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन्। जुन वित्त कम्पनीहरुमा गरिएको कुल लगानीको १.७६ प्रतिशत हो।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत मुद्दति निक्षेपभन्दा १ प्रतिशतको विन्दुले कम गर्ने व्यवस्था ल्याएको छ। यसअघि संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशतले कम गर्नुपर्ने व्यवस्था थियो। यस हिसाबले बीमा कम्पनीहरुको कमाइ पनि १ प्रतिशत बढ्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS