IME Life New

निर्जिवन बीमा कम्पनीहरुको ११ अर्ब २३ करोड भुक्तानी हुन बाँकी दावी, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चालनमा रहेका २० वटा निर्जिवन बीमा कम्पनीहरुले १८ कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा प्रकाशन गरिसकेका छन् ।२० निर्जिवन बीमा कम्पनीहरुमध्ये वित्तीय विवरण सार्वजनिक नगर्ने दुवै बीमा कम्पनी भारतीय लगानीमा सञ्चालित कम्पनीहरु हुन् । नेशनल इन्स्योरेन्स कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले आलसम्म पनि वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।
१८ निर्जिवन बीमा कम्पनीहरुले ११ अर्ब २३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ । आर्थिक वर्ष ७५/७६को  चौथौ त्रैमासको अन्त्यसम्मा सबैभन्दा धेरै बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको कम्पनीमा प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको चौथौ त्रैमासको अन्त्यसम्मा १ अर्ब ९३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।
दोस्रोमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा एक अर्ब ४९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।
त्यस्तै तेस्रोमा एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्मा ९१ करोड १३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।
त्यसैगरि सिद्धार्थ इन्स्योरेन्सले ८७ करोड ६३ लाख रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले ८५ करोड ७२  लाख रुपैयाँ , एनएलजी इन्स्यारेन्सले ८४ करोड ८८ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ८१ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स ८० करोड ३ लाख, लुम्बिनी जनरल इन्स्योरेन्स ७१ करोड २८ लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्स ५६ करोड ३८ लाख रुपैयाँ  भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

Esewa
Crest

(आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तिय प्रतिवेदन अनुसार )

त्यस्तै प्रुडेन्सियल इन्स्योरेन्सले ५१ करोड ८९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ४० करोड ६६ लाख रुपैयाँ, युनाईटेड इन्स्यारेन्सले २४ करोड ३३ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १५ करोड ९७ लाख रुपैयाँ रुपैयाँ भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

त्यस्तै ३ नयाँ निर्जिवन बीमा कम्पनीहरु मध्ये जनरल इन्स्योरेन्स कम्पनीको दाबी भुक्तानी हुन बाँकी रकम धेरै रहेको छ । कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्मा ४ करोड ६८ लाख रुपैयाँ  भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

दोस्रोमा अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीले असार मसान्तसम्ममा २ करोड ९२ करोड रुपैयाँ  भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ । सानिमा जनरल इन्स्यारेन्स कम्पनीले चौथौ त्रैमासको अन्त्यसम्मा १ करोड ८४ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

भुक्तानी हुन बाँकी दाबी रकम कम्पनीले मात्र नभई “रि इन्स्याोरेन्स” कम्पनीले समेत व्होर्ने हुँदा सम्पूर्ण दावीको रकम कम्पनीले मात्र व्होर्ने पर्दैन।

रास्ट्रीय बीमा कम्पनीले भने भुक्तानी हुन् बाँकी दावी रकमको तथ्यांक चौथो त्रैमासको रिपोर्टमा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS