IME Life New

नियम मिच्ने र निर्देशन नमान्ने दुई वाणिज्य बैंकलाई राष्ट्र बैंकले गर्यो कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नियामकीय व्यवस्था पालना नगरेकोमा दुई वाणिज्य बैंक कारबाहीमा परेका छन्।

नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारबाही गरेको हो। यी दुवै बैंकलाई अन्य कारबाही शीर्षकमा सचेत गराइएको छ।

Esewa
Crest

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कारबाही गरिएको हो। बैंक खाता खोल्दा÷सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल इन्भेस्टमेण्ट मेगा बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराइएको छ।

यसैगरी गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रभु बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो। लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिइएको निर्देशन पालना नगरेकाले प्रभु बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS