IME Life New

निफ्राले लाभांश नदिने, वितरणयोग्य मुनाफा सञ्चित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने भएको छ।

बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

Esewa
Crest

बैंकले उक्त आर्थिक वर्षमा १ अर्ब ३२ करोड ९८ लाख ४० हजार ८४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

निगमनकारी निकायको निर्देशनबमोजिम छुट्याउनुपर्ने रकमपश्चातको वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख ३४ हजार ६१८ रुपैयाँ हालका लागि शेयरधनीहरुलाई लाभांश प्रस्ताव नगरी बैंकको वित्तीय अवस्था थप सुदृढ र सवलीकरण गर्दैै लैजाने उद्देश्यले सञ्चित गर्ने निर्णय भएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS