IME Life New

निफ्राले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस ४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ९ बजेबाट हुनेछ।

Esewa
Crest

सभाले प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल, थपघट वा संशोधन गर्न सुझाव प्राप्त भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २१ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS