IME Life New

निफ्राको १० लाख कित्ता शेयर बेच्दै एनआईसी एसिया बैंक, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता शेयर आज साउन ८ गतेबाट बिक्रीमा राखेको छ।

एनआईसी एसियाले प्रतिकित्ता न्यूनतम मूल्य १०१ रुपैयाँ दर तोकेर लिलामी प्रक्रियामार्फत निफ्राको शेयर बिक्रीमा राखेको हो। यो शेयर खरिदा लागि विद्यमान संस्थापक शेयरधनीका साथै जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

Esewa
Crest

बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिल तथा बैंकको कर्पोरेट कार्यालय वा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनग (सुर्खेत)मा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १५ गतेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS