IME Life New

निफ्राको नाफामा सामान्य संकुचन, अन्य सूचक कस्ता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा निफ्राले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा निफ्राले १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा निफ्राको नाफामा ५.९८ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

समीक्षा वर्षमा निफ्राको सञ्चालन मुनाफा पनि घटेर २ अर्ब २४ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ३९ करोड रुपैयाँ थियो।

निफ्राले समीक्षा वर्षमा २ अर्ब ७८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा पनि ६.४७ प्रतिशतले घटेको छ।

सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी घट्दा निफ्राको नाफामा संकुचन आएको देखिन्छ।

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको निफ्राको रिजर्भको आकार ३२.१२ प्रतिशतले बढेर २ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब २३ करोड रुपैयाँ थियो। निफ्राको खराब कर्जा अनुपात (एपीएल) ०.०१ प्रतिशत रहेको छ।

निफ्राको प्रतिशेयर आम्दानी (ईपीएस) सामान्य घटेर ६.१६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.५६ रुपैयाँ थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३७.०१ गुणा रहेको निफ्राको प्रतिशेयर नेटवर्थ ११३.७० रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS