IME Life New

नारायणी डेभलपमेन्ट बैंक अब आफ्नै भवनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले अब आफ्नै भवनबाट सेवा दिने भएको छ । केन्द्रिय कार्यालय रत्ननगर नगरपालिका वडा नं.–०१, बकुलहर, टाँडी, चितवनमा राखी चितवन जिल्लालाई आधार बनाई चितवनको मूख्य मूख्य पाँच स्थानमा (टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयहरु खोली आफ्नो बैंकिङ्ग कारोवार संचालन गर्दै आइरहेको यस नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आधुनिक बैंकिङ्ग प्रणालीमा प्रयोग हुने सुविधाहरुको प्रयोग गर्दै आफ्नो कारोबारलाई चुस्त, दुरुस्त र अझ सर्बसुलभ बनाउने अभिप्रायले केन्द्रिय कार्यालय चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं १० मा स्थानान्तरण गरेको हो ।

बैंकले यस निर्णय आफ्नो २२ औं वार्षिक साधारण सभाले पारित गरेको थियो । चितवनको व्यापारिक केन्द्रको रुपमा विकसित भरतपुर महानगरपालिका वडा नं १० वाइपास रोड, स्थित जिल्ला सहकारी सघं लिमिटेडको आधुनिक नवनिर्मित भवनमा आज माघ २७ गतेबाट स्थानान्तरण भइ हाकिमचोक स्थित शाखा कार्यालय समेत एकैसाथ सेवा शुभारम्भ गराएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS