IME Life New

नाराबाजी गरेर विरोध गर्नुभन्दा ताली बजाएर नीति तथा कार्यक्रमको स्वागत गर्नुपर्छः विष्णु पौडेल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सत्तागठबन्धन दल नेकपा (एमाले)का सांसद विष्णु पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गर्नुपर्ने धारणा राखेका छन्।

नेपाली कांग्रेसको विरोधका बाबजुद संसदमा आज नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै पौडेलले प्रतिपक्ष दलहरुसमक्ष यस्तो आग्रह गरेका हुन्। ‘राष्ट्रपतिबाट संसदमा प्रस्तुत भइसकेको नीति तथा कार्यक्रम निकै राम्रो छ, त्यसैले संसदमा विरोध गर्दै नारावाजी गर्नुभन्दा छलफलमा बसेर समर्थन गर्नुपर्ने भन्ने मेरो धारणा हो’, उनले भने।

Esewa
Crest

सांसद पौडेलले नीति तथा कार्यक्रमप्रति समर्थन जनाएका छन्। यो नीति तथा कार्यक्रममा मुलुक आर्थिक र सामाजिक क्षेत्रहरुका समस्याहरुलाई सम्बोधन गरिएको पौडेलको दाबी छ। ‘ती समस्याका समाधानका सही दृष्टिकोण नीति तथा कार्यक्रममा अगाडि सारिएको छ’, उनले भने, ‘त्यस अर्थमा यो नीति तथा कार्यक्रम समर्थन योग्य रहेको छ भन्ने मलाई लाग्छ।’

यो नीति तथा कार्यक्रमले सोह्रौं योजनालाई अंगिकार गर्ने कोसिस गरेको पनि पौडेलको भनाइ थियो। ‘दिगो विकासको लक्ष्यलाई पछ्याउने कोसिस गरेको छ’, उनले भने, ‘चुनौतीलाई कसरी समान गर्ने र अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने अवधारणा यसमा समावेश गरिएको छ।’

सांसद पौडेलले यो नीति तथा कार्यक्रमलाई जनताको निराश चिर्ने र आशा जगाउने दृष्टिकोण आत्मसाथ गरेको पनि बताए। ‘अहिले अल्मलिएको विकासलाई ट्रकमा ल्याउने र विकास प्रयासलाई अगाडि बढाउने यो नीति तथा कार्यक्रमले संकल्प गरेको छ। रोकिएको विकासलाई गति दिने दृष्टिकोण अवलम्बन गरेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS