IME Life New

नाडा अटो शोको अवसरमा इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राजधानीको भुकुटीमण्डपमा आयोजना गरीएको नाडा अटो शोको अवसरमा नेपालमै पहिलो पटक इटालियन कम्पनी एसडब्लुएम मोटरसाइकल सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान ग्रुप अन्तर्गत ज्ञान अर्थमुर्भस प्रा. लि.ले यी बाइक हिजो देखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सार्वजनिक गरीएको छ ।

एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन÷एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा गरीएको हो भने ईन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
प्रारम्भमा एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएको छ भने, आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५० टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार कायम गरिएको छ ।

Esewa
Crest

कम्पनीले बजार बिस्तारको लागि हाल बालुवाटार स्थित शोरुम र वर्कशपको अलावा चितवन र पोखरामा शोरुम खोल्दैछ भने, साथै निकट भविष्यमा बुटवल र धरानमा डिलर मार्फत विक्री वितरण गर्ने कम्पनीको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS