IME Life New

नबिल बैंकमा रहेको आईएफआईसी बैंकको संस्थापक शेयर खरिदबिक्री प्रक्रिया स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकमा रहेको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्सियल बैंक (आईएफआईसी)को नाममा रहेको संस्थापक शेयर खरिदबिक्री प्रक्रिया स्थगित भएको छ।

बैंक सञ्चालक समितिको जेठ १९ गते बसेको बैठकले नबिल बैंकमा विदेशी लगानीकर्ता हाल परिवर्तित नाम आईएफआईसी बैंक पीएलसीको नाममा रहेको संस्थापक शेयर बिक्री प्रक्रिया स्थगित गरेको हो। यो बंगलादेशको ढाकामा रहेको बैंक हो।

Esewa
Crest

आईएफआईसीको नाममा तत्काल कायम रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर (तथा सोबाट आर्जित बोनस शेयरसमेत सम्पूर्ण) बिक्रीका लागि २०७९ मंसिर १५ गते नबिल बैंकले बिक्रीसम्बन्धी सूचना प्रकाशित गरेको थियो। त्यतिबेला प्राप्त आवेदन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन कामकारबाही अगाडि बढाइएको थियो।

हाल उपरोक्त विदेशी संस्थापक शेयरधनीले उल्लिखित शेयर बिक्री नगरी नबिल बैंकमा कायम रहेको संस्थापक शेयरलाई निरन्तरता दिने भनी बिक्री निवेदन फिर्ता लिएको सूचनामा उल्लेख छ। खरिदको प्रस्ताव पेस गर्ने संस्थापक शेयरधनीले समेत निवेदन फिर्ता लिई शेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको बैंकले जनाएको छ।

सोही कारणले नबिल बैंकले हाल उक्त विदेशी लगानीकर्ताको संस्थापक शेयर खरिदबिक्री प्रक्रिया स्थगित गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS