IME Life New

नबिल बैंकको विशेष साधारणसभा सम्पन्न, अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभा बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा आज सम्पन्न भएको छ । उक्त विशेष साधारणसभाले रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर” जारी गर्ने प्रस्तावसँग सम्बन्धित विशेष प्रस्तावहरू सर्वसम्मत रुपमा पारित गरेको हो ।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले नबिलले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्विकृती पश्चात् जारी हुने गरी रु ५ अर्ब रुपैयाँ बराबरको “नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर” जारी गर्ने प्रस्ताव पेश गरेकोमा विशेष साधारणसभाले सर्वसम्मत रूपमा सम्पूर्ण प्रस्तावहरू पारित गरेको हो ।

Esewa
Crest

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पु-याउनमा शेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए । आगामी वर्षहरूमा समेत आ–आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

सभाले पारित गरेको नबिल ८५ अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ ।

साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पूञजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरे पश्चात् नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्विकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी “अग्राधिकार सेयर” जारी हुनेछ ।

दीगो बैंकिङ्गलाई जोड दिँदै आएको नबिल बैंकले देशको अर्थतन्त्रको पछिल्ला परिदृश्यहरूलाई मध्यनजर गर्दै नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न तथा सरकारी कोषमा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंकका रूपमा बारम्बार सम्मानित भएर योगदान पु-याउन सफल भएको सभाध्यक्ष पौडेलले जानकारी दिए । त्यसैगरी समाजिक उत्तरदायित्वमा समेत नबिल बैंक अघि रहेको तथा बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको समेत बताए ।

विगत चार दशकदेखि गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समयमा दीगो बैंकिङ्गको अवधारणालाई अत्मसात् गरेको छ भने डिजिटल बैंकिङ्गको लागि एनबैंक सञ्चालनमा ल्याएको छ । यसले क वर्गका बैंकहरूमध्ये आफूलाई नेपालको अब्बल वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ ।

नबिल बैंकले हाल २६८ वटा शाखाहरू, ३१६ वटा एटिएम र २४ लाख भन्दा बढी सेवाग्राहीलाई देशव्यापी रुपमा सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने प्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS