IME Life New

नबिलको सर्वाधिक नाफा हुँदा औसतभन्दा राम्रो नाफा गर्ने बैंक कुन–कुन ? (इन्फोग्राफिकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सञ्चालित २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ५ महिना मंसिरसम्म २८ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सर्वाधिक २ अर्ब ९६ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंकले २ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

Esewa
Crest

तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा गर्दा चौथोमा प्राइम कमर्सियल बैंकले १ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

मंसिर महिनासम्म सबै वाणिज्य बैंकहरु नाफामा छन्। ६ वाणिज्य बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा मुनि रहेको छ। लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा तल छ। २० वाणिज्य बैंकमध्ये कृषि विकास बैंकको नाफा सबैभन्दा कम १२ करोड ५० लाख रुपैयाँमात्रै रहेको छ।

२० वाणिज्य बैंकको मंसिर मसान्तसम्म औसत नाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा ८ वाणिज्य बैंकहरुले औसतभन्दा माथि नाफा गर्न सफल भएका छन्। औसतभन्दा माथि नाफा गर्ने बैंकमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र एनएमबि बैंक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

8%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS