IME Life New

धेरै वटा कार्य एउटै आयोजनामा रहेको अवस्थामा सबैभन्दा उच्च दररेट लागु गर्न प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नन ट्यारिफ बीमा व्यवसाय अन्तर्गत एउटै आयोजना भित्रका विभिन्न कार्यहरु रहेको अवस्थामा सबैभन्दा उच्च दररेटलाई लागु गर्न निर्देशन दिएको छ । प्राधिकरणले सम्पुर्ण निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै ‘मिनिमम प्रिमियम रेट फर नन ट्यारिफ इन्स्योरेन्स विजनेस’ मा सिञ्चाइ, हेड वर्क, पावर हाउस र हाइड्रो मेकानिकल वर्क लगायतका सम्पुर्ण कार्य एउटै आयोजनामा रहेको अवस्थामा सबैभन्दा उच्च दररेट लागु गर्ने निर्णय गरेको छ ।

यदि एउटै आयोजनामा सिञ्चाइ, हेड वर्क, पावर हाउस र हाइड्रो मेकानिकलको काम एकै साथ भइरहेको छ भने यि मध्ये जुन कामको लागि अधिकतम बीमा शुल्क कायम रहन्छ त्यहि बीमा शुल्क अन्य कामको लागि पनि लागु हुने प्राधिकरणले जनाएको छ ।

Esewa
Crest

एउटै आयोजना भित्र धेरै किसिमका जोखिम रहन्छ । जुन जोखिमको बीमा गर्ने हो त्यहि अनुसार बीमा शुल्क निर्धारण हुन्छ । नेपालमा मात्रै नभएर विश्वमै एउटै आयोजना भित्र धेरै किसिमका जोखिम कभर हुने गरि छुट्टा छुट्टै बीमा शुल्क दर कायम रहने सानिमा जिआइसीका प्रमुख कार्यकारी अधिकृत सद्युम्न प्रसाद उपाध्यायले जानकारी दिए ।

उनले भने ‘नेपाल बीमा प्राधिकरणले कुन अवस्थालाई हेरेर यो निर्देशन जारी गर्यो त्यो मलाइ थाहा भएन तर एउटै आयोजना भित्रका सम्पुर्ण जोखिमलाई उहि चार्ज लगाउन मिल्दैन । तर नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक खड्का भने नेपाल बीमा प्राधिकरणको निर्देशन नेपालकै बीमा उद्योगका लागि राम्रो भएको बताउछन् । यस्तो कार्यले बीमा कम्पनीहरुले वास्तविक रुपमा बीमा गर्न सक्ने र पुनर्बीमा पनि सहजै हुने उनको भनाइ छ ।

नेपाल बीमा प्राधिकरणले सम्पत्ती बीमा निर्देशिकाको दफा २१ अनुसार यस्तो निर्देशन जारी गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । बीमा कम्पनीहरुले सबैभन्दा कम जोखिमलाई आधार मानेर सस्तोमा बीमा गर्न थाले पनि यस्तो निर्देशन जारी गरिएको उनले प्रष्ट पारे । उनले भने ‘एउटै आयोजना भित्र विभिन्न काम भएको अवस्थामा प्राइस कटिङ नहोस र पुनर्बीमा गर्न सकिने बीमा शुल्क कायम हुनु पर्ने हिसावले यस्तो निर्देशन जारी गरिएको हो ।’

दफा २१ मा एउटा परिसर भित्र रहेका सबै सम्पत्तीको बीमा गर्दा बीमा गरिने ति सबै सम्पत्तीको लागी एउटै बीमादर कायम गरी बीमा शुल्क गणना गर्नु पर्नेछ भनिएको छ । यहि दफालाई टेकेर बीमा प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो ।

प्राधिकरणले सुनकोशी मरिन डाइभर्सलाई केन्द्रित गर्दै यस्तो निर्दन जारी गरेको हो । यस बहुउद्येश्यीय आयोजना हो । यसमा मधेश प्रदेशका ५ वटा जिल्लामामा सिञ्चाइ पुर्याउने गरि काम भइरहको छ । यसबाट ३१.७ मेगावाट विद्युत पनि उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीमा पुर्‍याइने छ ।

खुर्कोटबाट पानीलाई सुरुङमार्फत सिन्धुली कुसुमटारमा रहेको मरिन नदीको किनारमा बनाइएको ६४ मिटर अग्लो हेडमा खन्याइने छ । जसबाटै ३१.७ मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

त्यहाँबाट निश्किएको पानी मरिन नदी हुँदै बागमती नदीमा खसालिनेछ। जसबाट बागमती सिँचाइ आयोजनामा करीब १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ गर्ने आयोजनाको लक्ष्य छ । बागमती सिँचाइ आयोजनाको पानीलाई पूर्वतर्फको नहरबाट ७६ हजार ६ सय हेक्टर र पश्चिमतर्फको नहरबाट ४५ हजार चार सय हेक्टर जमिनमा पानी पुर्‍याउने उल्लेख छ ।

सिन्धुलीको खुर्कोटदेखि लगभग दुई किलोमिटर माथि सुनकोशी नदीमा १५८ मिटर लामो ब्यारेज वा ड्याम निर्माण गरिनेछ । त्यस्तै १५० मिटर लामो डिसेन्डिङ बेसिन जसले सुनकोशी नदीबाट आएको पानी छान्ने काम गर्छ ।

सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्ने आयोजनाको लक्ष्य छ। यो परियोजनाबाट उत्पादन हुने विद्युत् वर्षभरी नै एकनास हुने आयोजनाको विश्वास छ ।

यहि आयोजनामा प्राधिकरणले जुन कामका लागि सर्वाधिक ठुलो प्रिमियमदर कायम हुन्छ त्यहि दर अन्य काममा पनि कायम गरिने जनाएको छ । कतिपयले भने यसबाट ठुलो रकम बीमा शुल्क बापत उठ्ने भएकाले सम्बन्धित बीमा कम्पनी र प्राधिकरणको मिलेमतोमा यस्तो निर्देशन जारी भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS