IME Life New

दोस्रो नेशनल बैकिङ डिस्कोर्सः बैंकिङ क्षेत्रको मौद्रिक नीतिसँगको अपेक्षा सत्रमा डा. महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोस्रो नेशनल बैकिङ डिस्कोर्स २०२४ मा वक्ताका रुपमा निवर्तमान अर्थमन्त्री एवम् नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत सहभागी हुने भएका छन् । ‘बैंकिङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’ शीर्षकको छलफलमा प्रमुख वक्ताका रुपमा डा। महत सहभागी हुन लागेका हुन् ।

वि।स। २०१६ सालमा नुवाकोटमा जन्मिएका डा। महतले संयुक्त राज्य अमेरिकाको इलिनोइस राज्यको कार्बोन्डेलमा अवस्थित साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडीको उपाधि हासिल गर्नुका साथै युनिभर्सिटी अफ इलिनोइस एट अर्बाना–चेम्पेनबाट नीति अर्थशास्त्रमा मास्टर अफ साइन्स र त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट अर्थशास्त्रमा एमए गरेका छन् ।

Esewa
Crest

परराष्ट्र तथा उर्जा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिसकेका महतले अर्थमन्त्री हुँदा संकटोन्मुख अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन बोल्ड कदम चालेका थिए । देश र जनतालाई केन्द्रविन्दुमा राखेर जिम्मेवारी पूर्वक काम गर्नुपर्छ भन्ने डा। महतले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा देशको आर्थिक अवस्था श्रीलंका जस्तै हुन्छ भन्ने व्यापक हल्ला थियो ।

तर, डा.महतको सुझबुझ पूर्णढंगले काम गर्ने शैलीकै कारण देशको आर्थिक अवस्था श्रीलंका हुनबाट जोगिएको थियो र बिग्रिएको देशको अर्थतन्त्र केहि हदसम्म ट्र्याकमा आएको थियो । आर्थिक विश्लेषण र परराष्ट्र सम्बन्ध सम्बन्धी विषयमा विशेष दख्खल राख्ने उनी लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, मानव अधिकार, प्रेस स्वतन्त्रता र युवा रोजगारीका मुद्दालाई विशेष जोड दिने गरेका छन् ।

बैकिङ समाचार डटकमको आयोजना, ग्लोबल आईएमई बैंकको मुख्य प्रायोजन तथा फोन पेको सहप्रायोजनमा असार ११ गते दोस्रो नेशनल बैंकिङ डिस्कोर्स २०२४ आयोजना हुने भएको हो ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, विशेष सत्रमा छलफलका लागी अर्थमन्त्री वर्षमान पुनको उपस्थिति रहने उक्त कार्यक्रममा नियामकीय निकाय, बैंक तथा वित्तीय क्षेत्र, सञ्चार क्षेत्र तथा सूचना प्रविधि क्षेत्रका विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ।

मुख्य रुपमा बैकिङ क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा, वित्तीय साक्षरतामा लगानी र यसको सामाजिक प्रभाव तथा वर्तमान स्थिति, नेपालमा डिजिटल इकोसिस्टमको वर्तमान परिदृश्य तथा क्रस बोर्डर डिजिटल भुक्तानीका चुनौतीहरू, सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देशका बारेमा छलफल हुने बताइएको छ ।

दोस्रो नेशनल बैंकिङ डिस्कोर्स २०२४ ले बैंकिङ क्षेत्रका समस्याहरूको समाधान खोज्न र नेपालमा बैंकिङ प्रणालीलाई सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS