IME Life New

दोस्रो त्रैमासमा पोखरा फाइनान्सको नाफा २ करोड ९० लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस त्रैमाससम्ममा कम्पनीले २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा कम्पनकिो नाफा १८ दशलमव ३३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५५ लाख नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको खुद ब्याज आम्दानी २४ दशमलव ५७ प्रतिशत र सञ्चालन नाफा १३ दशलमव ५८ प्रतिशत घटेको छ ।

Esewa
Crest

यस अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू २३ करोड २३ लाख ऋणात्मक छ । चुक्ता पूँजी रू १ अर्ब ८ करोडभन्दा बढी रहेको कम्पनीले जगेडामा रू ६१ करोड ३९ लाख सञ्चिति गरेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ७० दशमलव ७९ गुणा रहेको छ । तरलता अनुपात ३२ दशमलव ८३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ३५ रुपैयाँ २४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS